OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २९, २०७८जुम्ला,
१७४२ पटक

२९ चैत २०७८ मंगलवार,

जुम्ला । जुम्ला तातोपानी गाउँपालिका वडा नं २ स्थित बाबिरामा भ्यान दुर्घटना हुँदा १० जना यात्रु घाईते भएका छन् । जुम्ला सदरमुकामबाट नाग्म तर्फ जादै गरेको भे १ ज १२२० नम्बरको भ्यान दुर्घटना हुँदा भ्यानमा सवार १० जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय जुम्लामा प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाईते सवैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपचारका लागि ल्याइएको छ । उहाँहरुको उपचार शुरु भएको प्रतिष्ठानले जनाएको छ ।

केही घाईतेको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । केहिको अबस्था सामान्य छ । स्पीडमा गएको भ्यान अनियन्त्रीत भई कर्णाली राजमार्गकोदेखि तल खोलामा खसेको जानकारी प्राप्त भएको छ । भ्यान दुर्घटना भएपछि तातोपानी गाउँपालिकाको एम्बुलेन्स गाडिमा घाईतेलाई अस्पताल पुरयाईएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्