OnlinePana

आज : २०८२ आषाढ २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २५, २०८२
१३ पटक

२५ असार २०८२, बुधबार

सुर्खेतः सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा गरिएको छ ।

जिल्ला समन्वय समिति सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित सभामार्फत ‘सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा’ गरिएको हो । घोषणासभाको उद्घाटन कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सुर्खेत पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा हुन सकेको प्रति बधाई ज्ञापन गर्दै यसको निरन्तरतामा जोड दिन आग्रह गर्नुभयो ।

बदलिएको व्यवस्थापश्चात् स्वास्थ्य जनशक्ति बढेपनि यसका सूचकहरुमा सुधार आउन नसकिरहेको बताउँदै मन्त्री भण्डारीले भन्नुभयो, “बढ्दो बसाइँसराइका कारण सुर्खेतमा वीरेन्द्रनगर जस्ता स्थानीय तहहरुमा चुनौती थपिएको छ । यसमा स्वास्थ्यकर्मीहरुको सक्रियता र जिम्मेवारीपन बढी हुन आवश्यक छ । रोग निदानमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सक्रियताले सहज भएको छ ।”

प्रदेश खोप समितिका संयोजक एवं सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतमले रोग निराकरणका लागि खोपले टेवा पुग्ने बताउनुभयो । कर्णालीका सात जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भईसकेकोले यो अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उहाँले स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको मनोबल उच्च राख्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाउनुभयो ।

विकटताको कारण खोप कार्यक्रममा अझै चुनौतीपूर्ण रहेको जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति सुर्खेत प्रमुख गंगाराम सुनारले बताउनुभयो । विसं.२०३५ सालदेखि खोप कार्यक्रम सुर्खेतमा सुरु भएपनि पूर्णखोप सुनिश्चितता र दिगोपनाको जिल्ला घोषणा हुन करिब आधा शताब्दी कुर्नुपरेको उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्