OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,कार्तिक १२, २०७९जुम्ला,
९८४ पटक

२०७९ कार्तिक १२ गते । गत असोज १९ गते बर्षा पछिको बाढीपहिरोले बिच्छेद भएको राष्ट्यि प्रशारण लाइन निर्माणपछि विधुत सुचारु भएको छ ।

बाढि पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भए सँगै विधुत समेत अवरुद्ध भएको थियो । कर्णाली राजमागर्गको दैलेख, कालिकोट हुदै जुम्ला राष्ट्यि प्रसारण लाइन पुगेको छ । सो क्षेत्रमा बाढीपहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत आपूर्ति हुन सकेको थिएन तर निरन्तरको कामले विधुत सूचारु गर्न सफल भएको नेपाल विधुत प्राधिकरण वितरण केन्द्र जुम्लाले जनाएको छ ।

केन्द्रका प्रमुख नरेश दत्त रावललका अनुसार क्षति भएको स्थानमा मर्मतको काम सकिएपछि अहिले जुम्लामा सवै स्थानमा विधुत आपुर्ति भएको छ । आधा महिना बढि समय सम्म विधुत अवरुद्ध हुदा जुम्ला अध्यारो भएको थियो ।

नेशनल ग्रीड अवरुद्ध भएपछि स्थानीय उत्पादन घुघुत्ती र जाल्पादेवि साना जलविद्युत आयोजनाको विजुलीले जुम्ला सदरमुकाम खलंगामा काम चलाउ भएपनि ग्राहक अत्याधिक बढेकाले उज्यालोको खोजी भएको थियो ।

प्रमुख रावलका अनुसार जुम्ला सदरमुकाममा अव बिजुलीको आपुर्ति भएपछि सरकारी काम, आधारभुत उज्यालोका काम सजिलो हुन थालेको छ । नेपाल विधुत प्राधिकरण वितरणमा तिन हजार छ सय ग्राहक छन् ।

 

प्रतिकृया दिनुहोस्