OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १३, २०७८काठमाडौं
२०१३ पटक

१३ फागुन २०७८ शुक्रबार

युक्रेनमाथि रुसी हमलापछि त्यहाँको अवस्था आतंकपूर्ण बनेको छ । हजारौं नागरिकहरू राजधानी किभ र अन्य शहरबाट बाहिरिन थालेका छन् । सुरक्षित स्थानमा जानुअघि भिडभाडपूर्ण बसमा परिवारका सदस्यसँग छुट्टिनुअघिको अन्तिम दृश्य सामाजिक सञ्जालमा भाइरल हुन थालेका छन् ।

सामाजिक सञ्जालमा भाइरल एक भिडियोले युक्रेनबासीको सामुहिक पीडाको प्रतिनिधित्व गर्छ । उक्त भिडियोमा एक बाबु आफ्नी छोरीसँग छुट्टिनुअघि अँगाल्दै भक्कानिएको दृश्य देख्न सकिन्छ ।

ती नागरिक आफ्नी छोरीलाई सुरक्षित स्थानतर्फ पठाउने तयारीमा देखिन्छन् । उनी रुसी सेनाविरुद्धको लडाईंमा सहभागी हुन शहरमै बस्नुपर्नेछ ।

भिडियोमा छोरीलाई बसमा चढाउनुअघि उनी भक्कानिएर रुन्छन् । छोरीलाई पटकपटक अंगाल्दै चुम्छन्

रुसले युक्रेनमाथि थोपरेको युद्धले आम मानिसको जीवन कसरी उजाडिरहेको छ भन्ने दृश्य भिडियोमा देख्न पाइन्छ ।

रुसी सेना शुक्रबार बिहानसम्म युक्रेनका विभिन्न इलाकामा अगाडि बढिरहेको छ । युक्रेनका कैयौं सैन्य क्याम्पहरू रुसले ध्वस्त बनाइसकेको छ । रुस राजधानी किभ कब्जा गर्ने प्रयासमा छ । राजधानीमा हुने सम्भावित हमलाको भयले खासगरी घरका पुरुष अगुवाहरूले परिवारका अन्य सदस्यलाई शहरबाट बाहिर सुरक्षित स्थानतर्फ पठाइरहेका दृश्य अन्तरर्राष्टिय सञ्चार माध्यम र सामाजिक सञ्जालले प्राथमिकताका साथ प्रकाशन/प्रसारण गरिरहेका छन् । अनलाइन खबरबाट ।

प्रतिकृया दिनुहोस्