OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीबैशाख २०, २०७९जुम्ला,
१९७१ पटक

वैशाख २० गते,जुम्लामा एभरेष्ट ईन्टरनेटको फाईवर सेवा शुरु भएको छ । एभरेष्ट नेटवर्क प्रा.लीले लामो समय देखी वारलेस सेवा दिईरहेको समयमा अव फाईवर सेवा शुरुवात गरेको बताएको छ । सञ्चालन बसन्त वलीले जुम्लामा फाईवर (तारयूक्त) सेवा शुरु भएको जानकारी दिनुभयो ।

जुम्लामा फाईवर ईन्टरनेट संचालनका लागि जुम्लामा ६ जनाको प्राविधिक टोली खटिएको छ । वारलेस सेवा राम्रो भएपछि ग्राहकको माग अनुसार फाईवर सेवा समेत शुरु भएको दावी गरिएको छ ।
एभरेन्ट ईन्टरनेटले कर्णाली, सुदुरपश्चिम सहित देशका विभिन्न २२ जिल्लामा इन्टरनेट सेवा जडान गरिएको र देशभर बिस्तारको तयारी भएको संचालक वलीले बताउनुभयो । एभरेष्टको ईन्टरनेटले केही सजिलो भएको ग्राहकहरुको भनाई छ ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले एभरेष्ट ईन्टरनेटले केही फाष्ट सेवा दिदा समाचार पठाउन केही राहात भएको बताउनुभयो । ईन्टरनेट सेवा छिटो नहुदा जुम्लामा दैनिक सरकारी कामकाजमा अझै हैरान भईरहेको छ । नेपाल टेलिकमले दिने एडिएसएल ईन्टरनेट सेवा स्तरबृद्धि गर्न जुम्लामा लामो समय देखी माग भईरहेको छ ।

प्रतिकृया दिनुहोस्