OnlinePana

आज : २०८३ साउन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ३१, २०८३सुर्खेत
३५ पटक

 

३१ साउन २०८३, आईतबार

जाजरकोटः अविरल वर्षापछि भेरी नगरपालिका २ जाजरकोट रिसाङमा गएको पहिरोमा परी एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रिसाङ निवासी ५२ केदार कार्की रहेका छन् । पहिरोमा घाईते भएका कार्कीको उपचारका लागि नेपालगञ्ज लिने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिनुभयो । उक्त पहिरोमा परी तीन जना बेपत्ता भएका छन् ।

उहाँका अनुसार बेपत्ता हुनेमा सोही वडाको फारुला निवासी ५४ वर्षीय उमासिंह खत्री, चिसापानी निवासी ७० वर्षीय भीमबहादुर कार्की र ८७ वर्षीय रती खत्री रहेको रहेका छन् । शनिबार दिउसो ४ः०० बजेदेखि वर्षा सुरु भएपछि करिब ५ः०० बजेतिर पहिरोमा उनीहरु बेपत्ता भएका थिए ।

उक्त पहिरोबाट ९ जना घाईते भएका छन् । घाईते हुनेहरुमा वडा नं. २ का ६० वर्षीय रामबहादुर शाही, ५७ वर्षीय भद्राकली कार्की, ४५ वर्षीय सिद्धिबहादुर कामी, वडा नं. ४५ वर्षीय मनबीर चँदरा, ४७ वर्षीय मोतिकला विक, १६ वर्षीय मनिषा विक, २३ वर्षीय अनिता कार्की, १० वर्षीय युनिश शाही र ४५ वर्षीय सुन्तली चँदरा रहेका छन् ।

घाइतेहरुमा एक जना नेपालगञ्ज नर्सिङ अस्पताल, दुई जनाको कोहलपुर मेडिकल कलेज, तीन जना स्थानीय डौरीकाँडा मेडिकल उपचार भईरहेका र तीनजना डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विपद् जोखिमका कारण सोही वडाका ६० घर परिवारका २०० जनालाई त्रिभुवन आधार विद्यालयको भवनमा सारिएको छ । घटनास्थलमा बेपत्ताहरुको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रतिकृया दिनुहोस्