OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २०, २०७५जुम्ला
१३५७ पटक

 

 

 

जुम्ला साविक कणालीको आफ्नै महत्व र विशेषता छ । नेपाली भाषाको उदगम स्थल जुम्लाको सिजा । यो मात्रै होइन, कर्णालीको परिचय शिक्षा स्वास्थ्य, यातायात, सञ्चारजस्ता विकासका पूर्वाधारको पर्याप्त विकास कमी भए पनि नेपालको सबैभन्दा ठूलो भूगोल छ कर्णाली । प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वका हिसाबले भने यो धनी मानिन्छ । एकातिर नेपालको सबैभन्दा ठूलो ताल रारा छ, जहा नांगो आखाले पनि माछाको चलखेल देखिन्छ । अर्कोतर्फ सबैभन्दा गहिरो से फोक्सुन्डो ताल र तिब्बतमा रहेको मानसरोवर जाने मार्ग अर्थात हुम्ला जिल्लाको सिमाना ताक्लाकोट पनि कर्णालीकै सेरोफेरोमा छ ।
२००७ सालमा देशमा प्रजातन्त्र आएको भए पनि त्यसको जानकारी कर्णाली बासीले एक बर्र्षपछि अर्थात २००८ मा मात्रै पाएको भनाइ छ । वरिपरि हिमाल, वीचमा उपत्यका जस्तो समथर जमीनमा गुजुमुजुक्क परेका घरको वीचमा चन्दनाथ मन्दिर । अनि मन्दिर नजिकै बगिरहेको तीला नदी । यही हो जुम्ला जिल्लाको भौगोलिक सुन्दरता । जुम्लालाई मुगुको रारा ताल र डोल्पाको शे–फोक्सुण्डो ताल र तिब्बतमा रहेको मानसरोवर जाने प्रमुख मार्गसमेत मानिन्छ । जुम्लाको समस्या २–४ दिन जुम्ला घुम्दैमा बुझन सकिन्न । आखाँले हेर्दा जती सुन्दर जुम्ला मानिन्छ त्यसको भित्री वेदना छुट्टै रहेको छ । जुन कुरा राज्यले अहिले सम्म बुझिदिन सकेको छैन । यस्तो पनि समय थियो १ त्यो बेला न सूचना प्रविधिको विकास भएको थियो न त यातायातको सुविधा नैं । अहिले सूचनाको पहुच दुर्गम गाउसम्म पुगेको छ अधिकांश स्थानीय तहलाई कच्ची भएपनि सडक सञ्जालले छोएको छ । तर जुम्ला जिल्लाको विकास भने उस्तै छ भन्दा पनि हुन्छ ।

साविक ११ वटा गाविस हालको तीन गाउँपालिकाको सिंजा उपत्यकाको नक्सामा खस संस्कृतीको उदगमस्थान हो सिजा । ११ औ देखि १४ औं शताब्दी सम्म सिंजा उपत्यककालाई खस राज्यको नामले चिनिने ऐतिहासिक धरोहर हो सिजा । यो क्षेत्र नेपाली खस भाषाको उद्गम स्थल पनि हो । पौराणिक कथा अनुसार यो भूमि देव भूमि मानिन्छ । कर्णाली क्षेत्र पौराणिक रुपले अत्यन्तै महत्व राख्ने क्षेत्रको रुपमा हामी पाउछौं । सिञ्जा उपत्यकामा पर्ने विराट दरबार र पाण्डव गुफा पौराणिक प्रमाण हुन । यहा तपाइले देउडा चाची ठाडीभाका झोडा मागल ढोल, नाच ढाल नाच हुर्केनाच, बालनाच जस्ता ऐतिहासक सस्कृतीले जुम्लाको पहिचान गराएको छ ।

 

प्रतिकृया दिनुहोस्