OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नन्दराज आचार्यआश्विन २४, २०७७जुम्ला,
१३६४ पटक

 

२०७७ असोज २३ गते । मानसिक स्वास्थ्य भनेको मानसिक रोगहरु र तिनको उपचार भनेको मात्र त होइन । स्वस्थ समाज ,स्वस्थ्य शरीर, स्वस्थ्य मन, मनमा पर्ने वातावरणको प्रभाव, संस्कृतीको असर, पारिवारिक, सामाजिक र आर्थिक स्थीतीहरु, जीवन शैली खास गरेर खानपिन, योग, ध्यान र नियमित व्यायाम आदि सवै कुराहरुले प्रभाव पारेका हुन्छन । मानसिक रोग नै लागेपनि, सामान्य खालका मानसिक स्वास्थ समस्याहरुमा औषधीको आवश्यकता पर्दैन, उपचार गर्ने विधिहरु पनि धेरै छन, जसको लागी मानसिक रोग विशेषज्ञ वा चिकित्सक नै हुनु आवश्यक छैन । कडा खालका मानसिक रोगहरुमा भने मनोचिकित्सक ,मनोबिद र मनोबिमर्श कर्ताको महत्वपूर्ण योगदान हुन्छ । साथै विरामीको परिवार र समुदायको पनि सहयोग चाहिन्छ ।

नेपालमा झारफुक गर्ने, ठेडुल्कोमा हाल्ने, सिक्रीले बाध्ने वा पुजा आजा गर्ने थियो  र अझै पनि छ । पहिले त मानसिक असन्तुलन भएका विरामीलाई पागलखानामा थुनेरै राखिन्थ्यो, आफै निको भएपनि घरमा ल्याउन डर मान्ने गरिन्थ्यो । केहि मानसिक रोगहरु उपचार पछी र केहि मानसिक रोगहरु निश्चित समय पछी आफै निको हुने पनि हुन्छन । तर एक पटक मानसिक रोग लागे पछी निको हुदैन भन्ने सोच समाजमा वढी छ ।नेपालमा मानसिक स्वास्थ्य समस्याको अवस्था कस्तो छ, राष्ट्रिय स्तरको सर्भे भै नसकेकोले निश्चित भन्न सकिन्न । नेपाल हेल्थ रिसर्च काउन्सीलले सन २०१८ मा गरेको पाइलट सर्भे अनुसार १३ वर्ष देखि १७ वर्ष उमेर समुहमा ११.२ प्रतिशत र १८ वर्ष भन्दा वढी उमेर समुहमा १३.२ प्रतिशत मानसिक स्वास्थ्य समस्या छ भन्ने देखिएको छ ।

नेपालमा अहिले मानसिक अस्पताल लगनखेल, देशभरीका मेडिकल कलेजका शिक्षण अस्पतालहरु, क्षेत्रिय अस्पतालहरु र प्राइवेट अस्पताल तथा नर्सिङहोम वाट विशेषज्ञ मानसिक स्वास्थ्य सेवा दिइदै आइएको छ । नेपालमा केहि गैह्र सरकारी (NGO) हरुले धेरै वर्ष देखि समुदायम मनोसामाजिक  र मानसिक स्वास्थ्य सेवा पु¥याइ रहेका छन । नेपालमा प्राथमिक स्वास्थ्य सेवा प्राथमिक स्वास्थ्य केन्द्रहरु र जिल्ला अस्पतालहरुमा हेल्थ असिस्टेन्ट र एम.वी.वी.एस डाक्टरहरु द्वारा दिइदै आएको छ । विशेषज्ञ सेवा र थप अनुसन्धानको लागी वहाँहरुले नै रेफर गर्ने चलन छ । हेल्थ असिस्टेन्ट र एम.वी.वी.एस. चिकित्सकहरुको कोर्समा मानसिक स्वास्थ विषय केहि कम भएकाले, छोटो अवधिको थप तालीम आवश्यक हुन्छ जुन सामुदायिक मानसिक स्वास्थ कार्यक्रमहरुमा गैह्र सरकारी (NGO) हरुले गर्ने गरिएको छ ।

मनोसामाजिक समस्या, घरेलु हिंसा, वैवाहिक सम्वन्धमा कठिनाई, डिमेन्सीया, वृद्धावस्थाका मनोवैज्ञानिक समस्याहरु, एक्लोपना आदी पनि मानसिक स्वास्थ्य भित्रै पर्दछन ।शहरीकरण, वसाई सराई, गरीवि, वेरोजगारी, आर्थिक कठिनाई, वैदेसिक रोजगारीवाट उत्पन्न समस्याहरु, इन्टरनेट, स्मार्टफोनको लत आदीले धेरै मनोबैज्ञानिक समस्याहरु थपेका छन ।

महाभूकम्प र COVID 19 माहामारी  त्यसको कारण अनगिन्ती मानसिक स्वास्थ्य समस्याहरु थिए र अहिले पनि छन । वाढी, पहिरो, भुखमरी, सडक दुर्घटना भएर मृत्यु भएकाहरुको परिवारमा समस्या, दिर्घ रोग र जटिल रोगहरु जस्तै क्यान्सर, डाएविटिज, किडनी फेलिएर, हार्टएटाक जस्ता रोगहरुवाट व्यक्ति र परिवारमा पर्ने असरहरु धरै छन।शारिरिक यातना, मानसिक वा भावनात्मक यातना वालवालिका कै अवस्थामा हुने शारिरिक र भावनात्मक यातना , यौन शोषण,  वलात्कार सवैले विभिन्न मानसिक स्वास्थ्य समस्याहरु उव्जाउछन । सडक वालवालिका घरवार विहिन को अवस्था र अपराधिक क्रियाकलापमा लाग्नुले पनि मानसिक स्वास्थ्य समस्या निम्त्याउछन । भावनात्मक समस्यहरु  त धेरै लाई हुन सक्छ, यहाँ औषधी खानु पर्छ भन्ने हैन, केहि सामान्य काउन्सेलीङले मात्रै पनि राम्रो हुन्छ ।

नेपालमा आत्महत्या पनि वढदै छ, रोकथामको खासै प्रयास भएको छैन । धेरै जसो आत्महत्याका घटनाहरु रोक्न सकिन्छ । वहुसंख्यक आत्महत्याहरु मानसिक रोगको उपचार नपाएर हुन्छन, समय मै रोगको निदान ,उपचार र मनोपरामर्श  हुन सके निकै हदसम्म आत्महत्या रोक्न सकिन्छ ।यस्ता अनगीन्ती मानसिक समस्याहरु, मनोवैज्ञानिक समस्याहरु, उपचारमा कठिनाई, आर्थिक समस्याहरु आदी मानसिक रोग विशेषज्ञ, मनोविद वा मनोबिमर्श कर्ताले  मात्र के गर्न सक्छन र ? हो उनिहरुको सहायता अवश्य चाहिन्छ तर सवै जनाको लागी होइन । त्यसैले मानसिक स्वास्थ्य समस्या “मेडिकल डिसअर्डर” भन्दा धेरै विशाल छ ।

यसको व्यवस्थापन पनि त्यसै अनुसार सवै सम्वन्धित निकायहरु मिलेर गर्नु पर्छ । मानसिक स्वास्थ्य सेवाको आवश्यकता यस COVID 19 ले गर्दा अझै वढेर गएको छ किनभने बिस्व भरि कोविड ले परेको प्रभाब विभेद लाञ्छना ले गर्दा मानसिक तनाब वढदो छ, र तनाबका कारण हुने रोगहरुले ठूलो जनस्वास्थ्य समस्याको रुप लिदैछन ।

हामी जहिले पनि मानसिक स्वास्थ्य सेवा पुर्याउने कुरा मात्र गर्छौ, मानसिक स्वास्थ्य प्रमोसन वारे कुरा प्राय गर्दैनौ । कसरी मानसिक स्वस्थ हुने, कसरी मानसिक रोगहरुवाट वच्ने र आनन्द सँग जीउने वारे पनि केहि कुरा गरौ । खानपिनमा विशेष ध्यान दिने, ६ देखि ८ घण्टा आनन्द सँग सुत्ने, शारिरिक व्यायाम गर्ने वा शारिरिक रुपले सक्रिय हुने, संगीत सुन्ने, योग गर्न सिक्ने, ध्यान (meditation) , आरामदाई अभ्यास गर्ने,जीवनको उद्देश्य के हो त्यसमा लागी रहने र  आफ्नो आस्था अनुसार आध्यात्मीकतामा लाग्ने र आफ्ना साथीहरु र परिवार, नातेदारहरु सँग राम्रो सम्बन्ध राखी राख्ने ।

यी तरिकाहरु अपनाउदा स्ट्रेस निकै कम हुन्छ, रोगहरु वाट वच्न सकिन्छ, योग, ध्यान र आध्यात्मीक चिन्तनले मनलाई स्वस्थ्य र आनन्दीत तुल्याउछ । यो तरिका अपनाएर कम नभयमा मनोबिमर्ष सेबा तथा आश्यकता अनुसार मनोचिकित्सक सेबा लिन अपरिहार्य छ ।अहिलेको अबस्थामा हरेक स्थानिय तहमा मनोबिमर्स केन्द्र स्थापना गरेर मनोसामाजिक सचेतना र मनोबिमर्श सेबा  हरेक पक्षलाइ दिनु पर्ने अबस्था छ यो बारे केन्द्रिय र प्रदेश सरकार ले पनि मानशिक स्वास्थ्य बारे गहन रुपमा हेर्नु पर्ने देखिन्छ ।

लेखक

नन्द राज आचार्य

मनोसामाजिक परामर्श कर्ता

जुम्ला 

 

प्रतिकृया दिनुहोस्