OnlinePana

आज : २०८२ साउन २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,साउन १९, २०८२जुम्ला,
१६७ पटक

जुम्ला, साउन १८ गते । हाल प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलका क्रममा रहेको मिडिया काउन्सिल विधेयकका केही प्रावधानप्रति गम्भीर असहमति जनाउँदै प्रेस सेन्टर नेपालले तत्काल संशोधनको माग गरेको छ ।

सेन्टर एक विज्ञेप्ति जारी गर्दै ध्यानाकर्षण भएको हो । प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीमगरले आईतबार एक विज्ञप्ति जारी गर्दै २०८२ साउन १८ गते जारी गरिएको विज्ञप्तिमा सेन्टरले विधेयकका वर्तमान प्रावधानहरू प्रेस स्वतन्त्रतामाथि गम्भीर असर पार्ने र पञ्चायतकालीन कानूनभन्दा पनि प्रतिगामी भएको ठहर गरेको छ ।

सेन्टरले यी प्रावधानहरू विश्वव्यापी प्रेस स्वतन्त्रताको मान्यता, नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, राष्ट्रिय आमसञ्चार नीति, २०७३, र डा.सुरेश आचार्य नेतृत्वको आमसञ्चार क्षेत्र सुधार समितिको सुझावविपरीत रहेको उल्लेख गरेको छ ।

प्रेस सेन्टरले काउन्सिलका पदाधिकारीको नियुक्ति सिफारिस समिति, पदाधिकारीको संरचना, कार्यवाहक अध्यक्षको व्यवस्था, बजेट र वार्षिक प्रतिवेदनको स्वायत्तता, प्रेस प्रतिनिधि वितरण र पत्रपत्रिका वर्गीकरणसम्बन्धी प्रावधानमा सुधारको माग गरेको छ । सेन्टरले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समिति तथा समग्र प्रतिनिधि सभालाई यो विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ ।  साथै, मिडिया काउन्सिल विधेयकका कतिपय प्रावधान संशोधन गराउन दबाबमूलक कार्यक्रम सञ्चालन गर्न प्रेससँग सम्बन्धित सबै संघसंस्थालाई सहकार्यको आह्वान गर्दै विधेयक संशोधन नभए चरणबद्ध आन्दोलनमा उत्रने घोषणा पनि गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्