२२ बैशाख २०८१, शनिबार
बिजुलीको खोज अनुसन्धानको इतिहास सामान्य छैन । ईसापूर्व ६०० तिरका एक महान बैज्ञानिक थेल्सले पत्ता लगाएका थिए । उनको अनुसन्धान अनुसार एउटा सिसाको टुक्रालाई बिरालोको रौंसँग रगड्ने हो भने त्यसबाट एक प्रकारको चुम्बकीय शक्ति प्राप्त हुने कुराको पहिलो खोज अनुसन्धान गरे । यो खोजलाई त्यति बेलाका मानिसहरुले खासै ध्यान दिएनन् बरु काला जादु हो भनेर थेल्सलाई आरोप लगाए । यही प्रथम खोजबाट थेल्सद्वारा धर्तीमा पहिलो पटक इलेक्ट्रिसिटी भन्ने नवीन नामको जन्म भयो ।
सन् १७५२ मा बेन्जामिन फ्रेंकलिन नाम गरेका एक अर्का बैज्ञानिकले आकाशमा गर्जने चट्याङमा पाईने करेन्टको अनुसन्धान गरे । उनले चङ्गाद्वारा पानीले भिजेको धागोमा एक फलामे धातु राखी चट्याङसँग सम्पर्क गर्दा त्यसको झट्काबाट गम्भीर घाईते बने । यसरी ज्यान जोखिममा पार्दै पहिलो पटक आकाशमा गर्जने चट्याङ र धर्तीमा पाईने इलेक्ट्रिसिटी एउटै हो भन्ने कुरा पत्ता लगाएर मानव समाजलाई अर्काे ठूलो योगदान पु¥याए ।
सन् १८०० मा एक इटालियन फिजिसियन अलेसान्द्रो भोल्टाले भोल्ट युनिटको खोज गरे । जसको नामबाट नै भोल्टेज रहन गयो । यो बिजुली उत्पादनका लागि महत्वपूर्ण खोज थियो । त्यस्तै डि.सि बिजुलीको क्षेत्रमा सन् १८३१ मा माइकल फराडेले तामा र चुम्बकको प्रयोगबाट सहजरुपमा बिजुली उत्पादन गर्न सकिने एक क्रान्तिकारी खोजद्वारा बिजुलीको क्षेत्रमा अर्काे योगदान पु¥याउने काम गरे । ती खोज अनुसन्धानको आधारमै टेकेर सन् १८७८ मा थोमस एल्वा एडिसनले बल्बको आविष्कार गरे । यही बल्बको आविष्कारले नै संसारलाई उज्यालो बनायो र थोमस स्वयंले उज्यालो ईतिहास निर्माण गरे जुन कहिल्यै अध्यारो नहुने गरी विज्ञानको इतिहासमा दर्ज हुन पुग्यो ।
मैले सारै मन पराउने एक महान क्रान्तिकारी बैज्ञानिक निकोला टेस्ला हुन् । उनले डि.सि करेन्टको सट्टा बैकल्पिक रूपमा ए.सी. करेन्टको नवी्नतम खोज र अनुसन्धान सन् १८८७ मा गरेर मानव जातिका लागि ठूलो योगदान गरे । डि.सी.करेन्टका धेरै कमजोरीहरु थिए । ती धेरै कमजोरीहरु मध्य डि.सी. करेन्टलाई धेरै लामो दूरीसम्म पुर्याउन सम्भव थिएन । लामो दूरीसम्म पुग्न सक्ने ए.सी. बिजुलीको खोज निकोला टेस्लाले नै गरे ।
यही ए.सी. बिजुलीले करिव तीनसय पचास वर्षको यात्रा तय गर्दै यतिखेर प्राकृतिक रुपमा सम्पन्न भएको जुम्ला जिल्लाको अति विकट क्षेत्र चुकेनीमा आई पुगेको छ । बिजुली नै हो, जसले अध्यारो रातलाई मात्र होईन जीवनलाई नै उज्यालो बनायो र संसारलाई उज्यालो प्रदान गर्यो साथै प्रकृतिले निर्माण गरेको नियमलाई चुनौति दियो । त्यसैले बिजुलीको खोज र अनुसन्धानको ईतिहासलाई सामान्य तवरबाट विकास भएको भन्नु हुदैन ।
हाम्रा वैज्ञानिकहरुले गरेको योगदानकै कारण आजको उज्यालो विश्व हामीले पाएका छौ । ए.सी. करेन्टकै कारण निकोला टेस्लालाई धर्तीबाट सदाका लागि गायब गरियो । थेल्सको पहिलो खोजलाई कालो जादु भनी आरोप लगाईयो । बेन्जामिन फ्रेंकलिनले चट्याङसँग सामाना गर्नु पर्याे र मानिसहरुले थोमस एल्वा एडिसनलाई मूर्ख र पागलसम्म भन्न भ्याएका थिए । यथार्थ भनेकै ऐतिहासिक कामगर्ने मानिसहरुले जोखिम मात्र उठाउँदैनन्, अपमानको पनि कठोर सामना गर्दछन् ।
त्यसैले सजिलै कुनै ऐतिहासिक महत्व बोकेको कुरा प्राप्त हुन्छ भन्नु भ्रम सिवाय केही पनि हुन सक्दैन । जसरी दुख, परिश्रम, जोखिम र निरन्तर प्रयासद्वारा नयाँ सोच र वस्तुको आविष्कार हुन्छ । त्यसरी नै जुम्लाको चुकेनी हाईड्रोपावरले पनि थुप्रै चुनौतिहरुसँग बिगत १२ वर्षदेखि सामाना गर्दै तीन सय पचास वर्षको वैज्ञानिक यात्रा तय गरेर जुम्ली जनताको जीवनमा उज्यालो आउने अपेक्षाको निर्माण कार्य सम्पन्न भएको छ ।
नेपालमा पृथक अभ्यास अन्तरतग सहकारी अवधारणा अनुसार चुकेनी विद्युत सहकारी संस्था लि.को दर्ता २०६९ असोज ५ गते का दिन भएको रहेछ । यसका स्वप्नद्रष्टा कर्णाली प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री जुम्ला निवासी नरेश भण्डारीले परिकल्पना गरेका हुन् । पातारासी–१ जुम्ला निवासी गोरबहादुर बुढाले यस परियोजनाको अध्यक्ष अर्थात् चालक सिटमा बसेर नेतृत्व गरे ।
सम्भवतः नेपालमा सहकारी अवधारणा अनुसार ‘जनताको पानी, जनताकै लगानी’ भन्ने पहिलो सामुदायिक लगानीमा भएको अभ्यासले सार्थकता पाएको छ । जसले जनताकै लगानीमा विद्युत उत्पादनको क्षेत्रमा आत्मनिर्भरताको एक मोडेल बन्न सक्ने सम्भावनालाई उजागर गरेको विश्लेषण गर्न सकिन्छ । २६० वर्षसम्म कर्णाली क्षेत्र अध्यारोमै बित्यो । रोक, भोक र अभावको कुरूप धुन सधै गुन्जिरहयो ।
यही अभाव र गरिबीकै कारण नेपालमा माओवादी सशस्त्र आन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ युगको प्रारम्भ भएसँगै यसै आन्दोलनले जन्माएको जुम्ली नेतृत्व नरेश भण्डारीको क्षमता र सपना हार्ट वलिक छ । उनकै पहलमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जस्तो ड्रिम युनिर्सिटी स्थापना भयो । चुकेनी जलविद्युत आयोजना भर्खरै सम्पन्न भयो ।
लाखौं जनतासम्म पानीको पहुँचका लागि धौलीघाट बहुउद्देश्यीय परियोजना निर्माण कार्य सञ्चलनमै छ । खस सिंजा सभ्यता विधेयक जस्तो ड्रिम योजनाले मुर्तरुप लिदैछ । जुम्लाको अन्य विविध क्षेत्रहरुमा र भौतिक पूर्वाधारको विकासमा भण्डारीले गरेको काम र कर्मका सुगन्धहरू जताततै छरिएकै भेटिन्छन् । म स्वयं जुम्ली हुँ । यी सबै काम र कर्मलाई हेर्ने हो भने यो विकास र नेतृत्वको कारणले मलाई र मेरो सन्ततिहरुले धेरै ठूलो अभावबाट मुक्ति पाउने कुरामा कुनै सन्देह छैन ।
Naresh Bhadari & Gora Bdr Budha
भण्डारी स्वभाव र विशेषताका हिसाबले भावुक, वैचारिक र संवेदनशील छन् । समाजमा यिनको आलोचना र गुनासो कमै सुनिने गर्दछ । यिनको उदयसँगै जुम्लाको नुन र चामलमा सीमित राजनीतिक युगको अन्त्य भयो । नैतिकता, आदर्श र दूरगामी सोचको राजनीतिक संस्कारको प्रारम्भ भएको छ । यो यथार्थलाई नजरअन्दाज गर्न मिल्दैन ।
Chukeni Hydropower Patarasi Jumla
मूलतः कुनैपनि समाज तथा मुलुक निर्माण गर्न आदर्श, निष्ठावान, कर्तव्यनिष्ठ र ईच्छाशक्ति भएको नेतृत्व अपरिहार्य हुन्छ जसको खोटरहित सोच, दूरदृष्टि, जन सेवामुखी भाव र मित्रवत् व्यवहार होस् । भण्डारीको फरक राजनीतिक संस्कार र शैलीकै कारण जनताको पुरानो मनोवज्ञानलाई परिवर्तन गरायो । भण्डारीले बिजाराेपण गरेकाे ‘हाम्राे हाेइन, राम्राे’लाई खाेज्नुपर्छ भन्रे राजनीतिक संस्कारकाे प्रभावका कारण पाँच÷छ सय मत भएका ज्ञानेन्द्र शाही जस्ता युवाका लागि माननीय बन्ने प्यालेटफर्म निर्माण भयो ।
यो लेखले माथिका महान् वैज्ञानिकहरुको दाँजोमा चुकेनी जलविद्युतको पहलकर्ता वा परिकल्पना गर्ने र निर्माण गर्नेहरुसँ तुलना गर्न खोजिएको होइन केवल महान् कर्म गर्नेहरु सपनाद्रष्टा, परिश्रमी र मेहनती हुन्छन । तिनीहरुले नै ईतिहास निर्माण गर्दछन भन्ने मुल भाव पस्किन मात्र खोजेको छ।
Jumla Lightening Scene : Photo Taken by LG Suvas Rokaya
राजनीतिक क्षेत्रमा कठिन प्रतिस्पर्धा र सृजनशीलताको युगले स्थान पायो । यथार्थमा नेता भण्डारी जत्तिको क्षमता र सपना देख्ने नेता सबै जिल्लामा हुने हो भने यो देश निर्माण गर्न असहज हुने थिएन । त्यसैले आविस्कारको क्षेत्रमा विश्व समुदायलाई उज्यालो दिएर महत्वपूर्ण योगदान गर्ने महान् वैज्ञानिकहरु थेल्स, निकोला टेस्ला र जुम्ली जनताको जीवनमा उज्यालो ल्याउने नरेशप्रति सलाम ……………।
नाेट: तस्वीर सबै सामाजिक सञ्जाल तथा विकिपिडियाबाट साभार गरिएका हुन् ।