

३१ साउन २०८२, शनिबार
सुर्खेतः लेखक तथा बालरोग विशेषज्ञ डा.नवराज केसीको दोस्रो पुस्तक ‘स्वस्पर्श’ बिमोचन भएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका बीच आमा, मामा र उहाँका छोराले उक्त पुस्तक बिमोचन गर्नुभएको हो ।
पुस्तक बिमोचन कार्यक्रममा लेखक केसीले आशा, प्रेरणा र खुसीका कथा समावेश भएको बताउनुभयो । उहाँका अनुसार स्वस्पर्शभित्र कर्णालीका कथा र व्यथामात्र नभई जंगबहादुर र दुःख चाल्नोको कथा, गर्बे दाइको दोषी चस्मा, मन्दिरे बीउ खसीको कथा, ध्यार गाउँले, माया बाँड्ने जागीर, रिटायर्ड आमा, कर्म मम्मीजस्ता पात्रको कथा समावेश गरिएका छन् ।
उहाँले भन्नुभयो, हरेक मानिसका लागि स्वयुद्धबाट स्वस्पर्शसम्मको एउटा यात्रा हो, जसका सहयात्री छन्, प्रेरणादायी केही भुइँमान्छे छन् । यी भुइँमान्छेका कथा र तिनमा समाहित बुद्ध विज्ञान पढ्दै गर्दा खुसी खोज्नेले बीउ खुसी भेट्नेछन्, दुखपरिसम्म पुग्ने आशा, प्रेरणा र परिवर्तनको जीवनमार्ग र स्नेहका विषयस्तुमा केन्द्रित कथालाई सरल रुपमा प्रस्तुत गरिएका छन् ।
सो अवसरमा लेखक सुविन भट्टराईले स्वस्पर्श किताबमा समावेशमा भएका पात्रहरुको छुट्टै किताब बन्ने उल्लेख गनुभयो । सामाजिक मनोविज्ञान र मानव चेतनालाई गहिरो अनुभूत हुन गरी लेखिएको पुस्तकले पाठक वर्गमा आशा, उर्जा र उत्प्रेरण थप्ने आशा गरिएको छ ।
उक्त किताबको निष्कर्षमा भने आफूभित्रको माया अरुलाई बाँड्ने बाडौं भन्ने उल्लेख गरिएको छ । यसअघि विसं.२०७९ मा डा.केसीको पुस्तक ‘शून्यको मूल्य’ प्रकाशति गरिएको थियो ।