OnlinePana

आज : २०८३ बैशाख २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन ३२, २०८२
२५७ पटक

३१ साउन २०८२, शनिबार

सुर्खेतः लेखक तथा बालरोग विशेषज्ञ डा.नवराज केसीको दोस्रो पुस्तक ‘स्वस्पर्श’ बिमोचन भएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका बीच आमा, मामा र उहाँका छोराले उक्त पुस्तक बिमोचन गर्नुभएको हो ।

पुस्तक बिमोचन कार्यक्रममा लेखक केसीले आशा, प्रेरणा र खुसीका कथा समावेश भएको बताउनुभयो । उहाँका अनुसार स्वस्पर्शभित्र कर्णालीका कथा र व्यथामात्र नभई जंगबहादुर र दुःख चाल्नोको कथा, गर्बे दाइको दोषी चस्मा, मन्दिरे बीउ खसीको कथा, ध्यार गाउँले, माया बाँड्ने जागीर, रिटायर्ड आमा, कर्म मम्मीजस्ता पात्रको कथा समावेश गरिएका छन् ।

उहाँले भन्नुभयो, हरेक मानिसका लागि स्वयुद्धबाट स्वस्पर्शसम्मको एउटा यात्रा हो, जसका सहयात्री छन्, प्रेरणादायी केही भुइँमान्छे छन् । यी भुइँमान्छेका कथा र तिनमा समाहित बुद्ध विज्ञान पढ्दै गर्दा खुसी खोज्नेले बीउ खुसी भेट्नेछन्, दुखपरिसम्म पुग्ने आशा, प्रेरणा र परिवर्तनको जीवनमार्ग र स्नेहका विषयस्तुमा केन्द्रित कथालाई सरल रुपमा प्रस्तुत गरिएका छन् ।

सो अवसरमा लेखक सुविन भट्टराईले स्वस्पर्श किताबमा समावेशमा भएका पात्रहरुको छुट्टै किताब बन्ने उल्लेख गनुभयो । सामाजिक मनोविज्ञान र मानव चेतनालाई गहिरो अनुभूत हुन गरी लेखिएको पुस्तकले पाठक वर्गमा आशा, उर्जा र उत्प्रेरण थप्ने आशा गरिएको छ ।

उक्त किताबको निष्कर्षमा भने आफूभित्रको माया अरुलाई बाँड्ने बाडौं भन्ने उल्लेख गरिएको छ । यसअघि विसं.२०७९ मा डा.केसीको पुस्तक ‘शून्यको मूल्य’ प्रकाशति गरिएको थियो ।

प्रतिकृया दिनुहोस्