Skip Add

OnlinePana

आज : २०७७ कार्तिक ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नन्दराज आचार्य आश्विन ११, २०७७जुम्ला,
१५० पटक

 

२०७७ असोज १२ गते ।  मानसिक स्वास्थ भनेको सुस्वास्थको त्यस्तो अवस्था जहाँ प्रत्येक व्यक्तीले आफ्ना सम्भावनाहरु महसुस गर्छ, जिवनका सामान्य तनावहरुको सहजै सामना गर्छ तथा उत्पादनशील रुपमा काम गर्दै आफ्नो समुदायमा केहि योगदान पुर्याउछ । तसर्थ पूर्ण रुपमा स्वस्थ हुन मानसिक रुपमा पनि सबल अनि स्वस्थ हुन अत्यन्त जरुरी छ । प्रायः मानसिक स्वास्थ र मानसिक रोगलाई एकै रुपमा लिएको पाइन्छ । मानसिक रोग हुनकालागि तीन कुराहरु आवश्यक पर्दछ: मानसिक रोगका लक्षण, त्यस लक्षणहरुको समयावधी र त्यसले दिनचर्यामा पारेको असर ।मानसिक रोगका केहि लक्षणहरु छन जस्तै  निराश हुने,दिक्क लाग्ने  चिन्तित हुने , झम– झम हुने , अत्याधिक रुपमा रिसाउने, बिर्सने ,धेरै शंका लाग्ने ,डर लाग्ने ,अनौठो कुरा गर्ने , कुनै शारिरिक कारण बिना नै शरीर  दुख्ने, अस्वभाविक व्यवहार देखाउने,निद्रामा समस्या ,खानामा अरुची वा बढी खाने ,टाउको दुखाइ , असहज महसुस हुने ,मुटु ढुकढुक हुने ,आत्मबलमा कमी ,नभएका आवाजहरु सुन्ने वा नभएका वस्तुहरु देख्ने ,नशाजन्य पदार्थहरुको प्रयोग ,बढी मात्रामा इन्टरनेटको प्रयोग ,आत्महत्या सम्बन्धी सोच वा प्रयास , बारम्बार एउटै सोच रहने, आदि एउटा मात्रै लक्षण देखिंदैमा मानसिक रोग लाग्यो भन्न मिल्दैन । परिक्षामा फेल हुँदा उदास हुनु स्वभाविक हो तर यसलाई डिप्रेशन वा उदासिनताको रोग भन्न मिल्दैन । यदि रोग नै हो भने डिप्रेशनका अरु लक्षणहरु निश्चित समयावधीकालागि हुन जरुरी छ र यसले व्यक्तिको दिनचर्यामा पनि असर गरेको हुन पर्दछ ।

विश्व जनमानस अहिले कोरोना महामारी (कोभिड–१९) को चपेटामा छ  । हामीलाई अझै थाहा छैन, यो महामारी कहिलेसम्म लम्बिन्छ भनेर  ।कोभिड–१९ ले हाम्रो परिवार र समाजमा के–कस्तो क्षति पुर्याउन सक्छ भन्ने पनि हामीलाई थाहा छैन ।

यस्तो डर–त्रासमा बाँचिराखेकाले हाम्रो शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमा अत्यन्त प्रतिकूल परिस्थिति सिर्जना भैराखेको छ । मानसिक स्वास्थ्यमा आएका विभिन्न समस्याका कारण आत्महत्याका घटनामा पनि वृद्धि भैराखेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ ।नेपालमा lockdown को समय अबधीको वृद्धि सङै मानसिक स्वस्थ्य सम्बन्धी  समस्याहरु धेरै संख्यामा देखा पर्न थालेका छन। नेपाल प्रहरिको तथ्यांक अनुसार Lockdown भयको पहिलो महिनामै आत्महत्या गर्नेको संख्या ४८७ रहेको थियो र त्यसपछि का महिनामा करिब ४०० को संख्यामा प्रत्यक महिना मानिसहरुले आत्महत्या गरि रहेका छन। अहिले सम्म लगभग १६ सय को हाराहारीमा आत्महत्या भएको र सबै भन्दा बढी प्रदेश न ५ र सबै भन्दा कम कर्णाली प्रदेशमा  आत्महत्या गरेको पाइन्छ  र  आत्महत्या संगै विभिन्न प्रकारका अरु सामाजिक अपराधहरु पनि बढदो क्रममा छन।

सिनेकर्मी, पत्रकार, गायक, लेखक, डाक्टर, वकिल, न्यायाधीश लगायतले आत्महत्या गरेका कैयौं उदाहरणहरु हाम्रो सामु छ ।कुनै पनि व्यक्तिले जानीजानी, आफूखुसी अर्थात् कसैको दबाबमा नपरी र सामान्यत: लुकिछिपी आफ्नो जीवनको अन्त्यको दुस्कर्म गर्नुलाई आत्महत्या भनिन्छ। चरम निराशा र तनाव उत्पन्न भएपछि मानिसले आत्महत्याको बाटो अँगाल्छ। अर्थात् जब व्यक्तिले बाँच्दाभन्दा मर्दा सजिलो वा सुखद ठान्छ, उसले आत्महत्याको बाटो रोज्छ l  प्रायः ती सबै नै आत्महत्याको निम्ति Depression नै जिम्मेवार तत्व हो । लगभग ८५ देखी ९० प्रतिशत आत्महत्याको घटनासँग Depression  जोडिएको हुन्छ । कुनै जन्मदै लिएर आएको र कुनै विभिन्न कारण र परिस्थितिले गर्दा सिर्जित उक्त रोगको कारण मानिसले आत्महत्या रोज्ने गर्दछ । झट्ट हेर्दा मर्नेको कमजोरी देख्दछौ । तर, होईन मर्नेले आफ्नो मृत्यु कुनै पनि हालतमा रोजेको होइन । हरेक मानिस बाँच्न चाहन्छ । तर, उसको बाँच्ने ईच्छालाई रोगको विवशताको कारण मर्ने ईच्छाले थिचिदिन्छ र यो सुनौलो संसारवाट नचाहँदा नचाहँदै पनि विदा हुन जान्छ । यसको मृत्युमा उ दोषी होइन तपाईं हामी र हाम्रो हेर्ने दृष्टिकोण दोषी हो । आत्महत्या गर्नुमा उसको कुनैपनि दोष छैन

हालसम्मको अध्ययन र अनुसन्धानबाट आत्महत्या गर्नेहरुमा भौतिक सुखभन्दा मानसिक सुख प्राप्त गर्न नसक्नेहरुको संख्या अत्यधिक पाईएको छ । गरीब भनेर चिनिने मुलुकहरुमा भन्दा धनी र सम्पन्न पश्चिमी मुलुकहरुमा आत्महत्या गर्नेहरुको संख्या र सो तर्फ प्रवृत्ती भएका ब्यक्तिहरु अत्यधिक मात्रामा पाईने गरेको कुरा सो सम्वन्धी अनुसन्धानबाट प्राप्त तथ्याङ्कले पुष्टी गर्दछ ।

आत्महत्या विशेषगरी युवावर्गले वढी गर्नेगरेको पाईएतापनि सो को निम्ति उमेरको हदले कुनै छेकवार लगाउन सकेको पाइन्न । सहजै विश्वास गर्न नसकिने कलिला बालक देखि लिएर प्राकृतिक मृत्युको नजिक पुगिसकेका अती बृद्ध ब्यक्तिहरु समेतले आत्महत्या गर्ने गरेको प्रशस्तै उदाहरणहरु पाईने गर्दछन् ।

विश्वमा सवैभन्दा वढी आत्महत्या हंगेरीमा हुनेगर्दछ । त्यहाँ प्रत्येक १ लाख जनसंख्यामा ४८.४ जना पुरुषले र १४.६ महिलाले आत्महत्या गर्ने गर्दछन् । पुरुषहरुले वढी आत्महत्या गर्ने राष्ट्रमा हंगेरी पछि फिनल्यान्ड, पूर्व सोभियत संघ, अष्ट्रेलिया र स्वीटजरलेण्ड आदि पर्दछन् । महिलाले सवैभन्दा वढी आत्महत्या गर्ने राष्ट्र सिङ्गापुर हो । सिङ्गापुर पछि डेनमार्क, बेल्जियम र फिनल्याण्ड आदि पर्ने गर्दछन् । विश्वमा न्युजिल्याण्डका किशोरीहरुले सवैभन्दा वढी आत्महत्या गर्ने गर्दछन् ।आत्महत्याको तथ्यांक हेर्दा  विश्वमा नेपाल ८१औं स्थानमा रहेको छ र  नेपालमा दैनिक १६ देखि १८ जनाले आत्महत्या गर्ने गरेको र महिला भन्दा पुरुषले  आत्महत्या बढी गरेको , प्रयास गर्नेमा महिला बढी भएको छ र धेरै जसो झुण्डीएर ,तेसपछी बिष खाएर आत्महत्या गरेको विभिन्न नेपालको अध्यनले देखाएको पाइन्छ

रोकथामका उपायहरु :                                                           

धेरैलाई यो भ्रम रहेको पाइन्छ कि आत्महत्याको निम्ति कुनै देखिने कारण अवश्यै भएको हुनुपर्दछ । विशेषतः आत्महत्या मानिसले एक्कासी भावावेशमा आएर वा तत्काल आवेगमा आएर गर्छन् । तर, वास्तविकता त्यस्तो होइन ।अधिकांश आत्महत्या पहिले देखिको सोच बिचारको परिणामस्वरुप भएको हुन्छ । आत्महत्या गर्ने बिचार उत्पन्न भएपछि परिस्थितिलाई आफ्नो अनुकूल बनाएर अधिकांश ब्यक्तिहरुले आत्महत्या गर्ने भएको हुनाले त्यसतर्फ बिचार राखीराखेका ब्यक्तिलाई बेलैमा पहिचान गरेर उचित सेवा र मनोपरामर्श  प्रदान गर्न सकेको खण्डमा केही समयको निम्ति वा सदाको निम्ति त्यस्ता ब्यक्तिहरुलाई मृत्युको मुखवाट बचाउन सकिन्छ । अधिकांश ब्यक्तिहरुले आत्महत्या गर्नु पूर्व कसैको सहयोग र सहानुभूतिको अपेक्षा राखीराखेका हुन्छन् । कसैले आफ्नो कुरा सुनिदेओस, आफ्नो समस्यालाई महत्व प्रदान गरिदिओस् भन्ने अभिलाशा राखिराखेका  हुन्छन् । कतिपय ब्यक्तिहरुले आत्महत्या गर्नुपूर्व सो को पूर्व संकेत Suicidal Gesture पनि दिने गरेको पनि पाइन्छ । नैराश्यले भरिएको कुरा गर्ने जस्तै -मा धर्तिको बोझ भए ,म दिक्क भैसके  ,मेरो मनमा कालो बादलले छाइरहेको छ , मलाइ त केहि काम गर्ने मन लाग्दैन,अहिले हो कि पछि हो जिबन ,मेरो जिबन अन्धकार छ आदि जस्ता मर्ने सांकेतिक कुरा र नबाच्ने जस्ता कुरा गर्ने गरेमा त्यसलाई जिस्केको नठानेर गम्भिरतापूर्वक लिनुपर्दछ । तपाईं हाम्रो कोही परीक्षामा असफल भएको अवस्थामा, कुनै कुराको कारण पीर परेको वा समस्याले ग्रसित पारेको अवस्था भएको, झगडा गरेर रिसाएको अवस्था भएको लगायतमा त्यसलाई सहज ढंगले लिन मिल्दैन । दिमागको एउटा कुनामा जे पनि हुन र गर्न सक्छ भन्ने ठानेर उनीहरुको कृयाकलापलाई सुक्ष्म तवरवाट बिचार पुर्याईरहेको हुनुपर्ने अनिवार्य छ । त्यस्ताले जतिखेर पनि जे पनि गर्न सक्दछन्, त्यस्ताको कुनै भर हुँदैन ।

पश्चिमी मुलुकहरुमा धेरै वर्ष अगाडिदेखि आत्महत्याको रोकथामको निम्ति र सोबाट पीडित ब्यक्तिलाई सेवा पुर्याउनको निम्ति सरकारी र गैरसरकारी स्तरमा विभिन्न समाजसेवी संस्थाहरु कार्यरत छन् । ती संस्थाहरुले चौबिसै घन्टा टेलिफोनको हटलाईन मार्फत मनोपरामर्श   प्रदान गर्ने र आवश्यकता अनुसार घरदैलोमा पुगेर उचित मनोपरामर्श ,मनोसामाजिक सचेतना  र उपचार प्रदान गर्ने गर्दछन् । त्यस्ता संस्थाहरुले एकपल्ट आत्महत्याको असफल प्रयास गरिसकेका ब्यक्तिहरुलाई विशेष ध्यान पुर्याउने DBT (Dialectical behavioral therapy )    शिप  दिने गरेको र त्यस्ता ब्यक्तिहरुको बाँच्ने इच्छालाई विभिन्न कृयाकलापको माध्यमद्वारा प्रवल गराउन आवश्यक उपाय गर्ने गरेका छन् । हाम्रो पूर्विय सभ्यतामा विशेषतः आध्यात्मिक र बुध्द दर्शनमा त्यस्ता ब्यक्तिहरुको Subconscious mind  लाई खोलेर उपचार गर्ने ज्ञानको माध्यमद्वारा त्यस्ता ब्यक्तिहरुको सोच्ने ढंगमा परिवर्तन ल्याउन सकिन्छ ।  हामीले पनि नेपालमा सरकारी तबर बाट  केन्द्र ,प्रदेश  र स्थानिय स्तरमा र गैरसरकारी हरेक छेत्रमा  मानशिक स्वास्थ्यको पहुच र मनोपरामर्शको  उपायहरु  अवलम्वन गर्न  अत्यन्तै जरुरि का साथै अपरिहार्य पनि छ ।

लेखक

 नन्द राज आचार्य

मनोपरामर्श कर्ता

जुम्ला

प्रतिकृया दिनुहोस्