। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारिता पेशालाई व्यावसायिक र विश्वसनीय बनाउन प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।कलेज अफ जर्ना्लिज्म एण्ड मास कम्युनिकेसनको नवनिर्मित भवनको आज बूढानीलकण्ठ नगरपालिका–११ पैयुँटारमा उद्घाटन गर्दै उहाँले सार्क र बिम्स्टेक सम्मेलनका समयमा विदेशी पाहुनालाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट होटलमा ल्याउन प्रयोग भएका सवारी पुराना भए भनी टिप्पणी गर्ने सञ्चारमाध्यमले हाल राष्ट्रपति र उपराष्ट्रपतिलाई खरीद गर्न लागेको साधनका बारेमा नकारात्मक टिप्पणी गरेको बताउनुभयो ।“महाराजगञ्जमा रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौती सार्न २० वर्षअघि नै ७०० रोपनी जग्गा खरीद भइसकेको थियो, त्यसलाई सञ्चारमाध्यमले अहिले नै भए जसरी प्रचारप्रसार गरेका छन्”, उहाँले भन्नुभयो ।कलेजले १५ वर्षअघिदेखि शुरु गरेको पत्रकारिता विश्वविद्यालय स्थापनाका लागि सरकारले नीतिगत व्यवस्था गर्न सहयोग गर्ने प्रतिबद्धता उपप्रधानमन्त्री पोखरेलले जनाउनुभयो । वार्षिक एक लाखभन्दा बढी विद्यार्थी अध्ययनका लागि विदेशिने गरेकाले सरकारले प्राविधिक र रोजगारमूलक शिक्षालाई प्रवद्र्धन गर्न लागेको जानकारी पनि उहाँले गराउनुभयो ।राष्ट्रियसभाका सांसद कोमल ओलीले सांसद, मन्त्री, कर्मचारीलगायत जोसुकैले गल्ती गरे पनि पत्रकारिता जगत्ले खबरदारी गर्नुपर्ने बताउनुभयो । “सञ्चारजगत्ले सरकारका कमीकमजोरी लेख्ने तर उद्योगपतिले कर नतिरेको समाचार विज्ञापनको स्रोत बन्द हुन्छ भन्ने भयले नलेख्ने गर्नुहुँदैन, पत्रकारले समाचार लेख्दैमा के–के न हुन्छ भन्ने भयबाट कोही पनि डराउनुहुँदैन”, कलेजमा पत्रकारितामा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत उहाँले भन्नुभयो ।राजनीति गर्नेले स्पष्ट र इमान्दार हुनुपर्ने सांसद ओलीको भनाइ थियो । कलेजका संस्थापक क्याम्पस प्रमुख डा मञ्जु मिश्रले सन् २००१ जनवरीदेखि अध्यापनअध्यापन शुरु भएको कलेजलाई आमसञ्चार विश्वविद्यालयका रुपमा विकास गर्र्न पूर्वाधार तयार पारिएको बताउनुभयो ।निजी क्षेत्रलाई समेत विश्वविद्यालय खोल्ने गरी नीति निर्माण गर्न उहाँले माग गर्नुभयो । सात रोपनी क्षेत्रफलमा फैलिएको कलेजमा छ तला र ३४ कोठा छन् ।
कोरपाटी संवाददातामंसिर १०, २०७५काठमाडौं
९१५ पटक
- कर्णाली प्रतिष्ठानकाे नेतृत्व चयन: वरिष्ठता, योग्यता र अनुभवलाई प्राथमिकता दिनुपर्छ
- नेकपा हिमा गाउँपालिका वडा अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
- कुडारीस्थित करिब ४०० वर्ष पुरानो देवदारको रुख ढल्यो
- साहित्यकार शाहीको ‘आमा र आँसु’ कथासंग्रह लोकार्पण
- हुलाकमार्फत् आजदेखि घरदैलोमै सवारी लाइसेन्स ढुवानी सुरु
- कर्णालीकी ‘जेठी आमा’ शाहीको ११७ वर्षको उमेरमा निधन
- खडानन्द चौलागाईको ‘दशनामी समाजका भ्रम र खस सभ्यता’ कृर्ति लाेकार्पण
- चन्दननाथ सहकारीले पनि किसालाई फाईदा र गुणस्तर कायम राख्दै स्याउ बजारीकरण गर्ने
- राष्ट्रिय प्रसारणकाे बत्ति जाेडिएपछि छानीगाडामा कुटानी पिसानी मिल सञ्चालन, स्थानीयलाई सहज
- अब छिट्टै कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार हुन्छः मुख्यमन्त्री शाही








