

नेत्र शाही/जुम्ला,
माघ ३ गते । नेपाली कम्युनिष्ट पार्टीले जुम्लाबाट नेता नरेश भण्डारीलाई आधिकारिक उम्मेदवार बनाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले जुम्ला–१ बाट नरेश भण्डारीलाई उम्मेदवार चयन गरेको हो ।
उम्मेदवारका लागि टिकट प्राप्त भएपछि नरेश भण्डारीले सामाजिक सञ्जाल मार्फत आफूलाई पार्टीले उम्मेदवार चयन गरेको जानकारी दिनु भएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले शनिबार पार्टी केन्द्रीय कार्यालयमा उहाँलाई उम्मेदवारको टिकट हस्तान्तरण गरेका छ्न् ।
पेरिसडाडाँमा टिकट ग्रहण गरेको उक्त तस्वीर सार्वजनिक गर्दै भण्डारीले भन्नु भएको छ, ‘आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जुम्ला जिल्ला – १ बाट नेपाली कम्युनिष्ट पार्टीले मलाई उम्मेदवार चयन गरेको छ ।’ भण्डारी २०६४ सालमा जुम्लाबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । २०७४ सालको निर्वाचनमा उनी कर्णाली प्रदेशसभा सदस्य बनेका थिए । कर्णाली प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी समालिसकेका छन् ।
संविधानसभा सदस्य समेत रहेका भण्डारी कर्णालीका भिजनरी र विकासबादी नेता हुन् । वि.सं. २०६४ सालमा कर्णालीको स्वास्थ्य धरोहर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लालाई उज्यालो दिईरहेको चुकेली जलविधुत आयोजना, आठ हजार धाराको निर्माणाधिन बहृत धौलिगाड परियोेजनाका परिकल्पनाकार समेत रहेका भण्डारीले पछिल्लो समय सिँजा सभ्यता विकास तथा प्रतिष्ठान, तिला नदिमा ७० मेघावाटको बिजुली, सिंजा–गमगडि–नाक्चेलाग्ना चीन छुने सड्क, जुम्ला –जाजरकोट सड्क सहितका अधुरा कामहरु वाँकी रहेका बताउदै आउनु भएको छ । निर्वाचन कार्यतालिका अनुसार यही माघ ६ गते उम्मेदवारी मनोनयन दर्ताको समय तोकेको छ ।











