
१२ साउन २०८३, मंगलबार
सुर्खेतः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।
नेकपा एमालेको समर्थनमा आज कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शाहीले अपरान्ह ५ः०० बजे दावी पेस गर्नुभएको थियो । दावी पेस गरिएपश्चात् बैठक बसेर छलफल गरी आजै प्रदेश प्रमुख जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेता शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालय सुर्खेतका सूचना अधिकारी मनमाया काउचाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुख्यमन्त्री शाहीको बुधबार शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच साउन ९ गते सत्ता समीकरणका लागि राष्ट्रिय सहमति भएसँगै नेता शाही कर्णाली सरकारको पाँचौ मुख्यमन्त्रीका रुपमा नियुक्त हुनुभएको हो ।




