OnlinePana

आज : २०८३ साउन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २२, २०८३काठमाडौं
१० पटक

२२ साउन २०८३, शुक्रबार

सुर्खेतः नेपालगञ्जदेखि सुर्खेत आउँदै गरेको स्कुटर पछाडि सवार एकजना युवाको उपचारको क्रममा मृत्यु भएको छ ।

नेपालगञ्जदेखि सुर्खेत आउँदै गरेको लु.प्र. ए.ए.ए. ६१५७ नं.को स्कुटर पछाडि सवार वीरेन्द्रनगर नगरपालिका ९ सुर्खेतका २९ वर्षीय उत्सव जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार वीरेन्द्रनगर नगरपालिका ९ सुर्खेतका २७ वर्षीय रोशन घिसिङले रत्नराज राजमार्गअन्तरगत भेरीगंगा नगरपालिका ४ सुर्खेतस्थित हर्रेमा भन्ने स्थानमा पुग्दा ७ः३० बजे जिसी बेहोस् भएको जानकारी प्रहरीलाई दिएका थिए ।

सूचना प्राप्त हुने बित्तिकै ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट प्रहरी सहायक निरीक्षक खुम्ब मगरको नेतृत्वमा पाँच जनाको टोली पुगेर बिरामी जिसीसहित चालक घिसिङलाई उपचारको लागि एम्बुलेन्सद्वारा कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाएको थियो । बेहोस् अवस्थामा रहेका उनको उपचारको क्रममा राति १ः५० बजे मृत्यु भएको र शव अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्