OnlinePana

आज : २०८३ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १२, २०८३काठमाडौं
१० पटक

१२ साउन २०८३, मंगलबार

सुर्खेतः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल नेता मंगलबहादुर शाहीले कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा दावी पेशकोे तयारी गरिरहेको बताउनुभएको छ ।

नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच साउन ९ गते सत्ता समीकरणका लागि राष्ट्रिय सहमति भएसँगै कर्णाली सरकारको नेतृत्व गर्ने जिम्मा नेकपालाई परेको थियो । सोही अनुसार नेकपा कर्णाली प्रदेशसभा दल नेता शाही मुख्यमन्त्री पदमा दावी पेशका लागि तयारी गर्नुभएको हो । आज बिहान ११ः०० बजे नेकपा एमाले कर्णाली प्रदेशसभा दल नेता यामलाल कँडेलसँग भेटवार्ता सकेर अहिले पार्टी भित्रको आन्तरिक छलफलमा रहेको नेता शाहीले बताउनुभयो ।

कर्णाली प्रदेश प्रमुख जोशीले यज्ञराज जोशीले ७२ घण्टे समयसीमा राखेर मुख्यमन्त्री पदमा दावी पेश गर्न साउन ९ गते शनिबार आह्वान गर्नुभएको थियो । उहाँले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई यही साउन १२ गते बेलुका ५ः०० बजेभित्र मुख्यमन्त्री पदमा दावी पेश गरिसक्न तोक्नु भएको समयसीमा मध्ये अब ३ घण्टा मात्र बाँकी छ ।

आज ५ः०० बजेभित्र दावी पेश गरिसक्ने नेकपा कर्णाली प्रदेशले जनाएको छ । हाल कर्णाली प्रदेशसभाका ४० प्रदेशसभा सदस्य मध्ये १४ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र १० नेकपा एमालेका प्रदेशसभा सदस्य रहेका छन् ।

 

प्रतिकृया दिनुहोस्