

जुम्ला,जेठ २८ गते । जुम्लाको तिला गाउँपालिकाको अध्यक्ष चढ्ने गाडि तोडफोड भएको छ । गाउँपालिकाको वडा नम्बर ४ राखिएको अवस्थामा अज्ञात समुहबाट गाडि तोडफोड भएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष मोतिलाल रोकाया, वडाध्यक्षर कार्यपालिका सदस्य चढेर वडा नं ४ को कार्यक्रममा गएको गाडि वडापालिका नजिकै रोकेर वालविवाहमुक्त वडापालिका घोषणा कार्यक्रममा सहभागी थियौ ।
कार्यक्रम सकेर फर्किदा तोडफोड भयो भन्ने खबर आएपछि जानकारी भएको उहाँले बताउनुभयो ।
गाउँपालिकाले स्र्कापियो गाडि भखैरै खरिद गरेर एक दिन अगाडि मात्र गाउँपालिकामा भित्र्याएको थियो । प्रहरीका अनु्सार गाडिको पछाडिको भागको सिसा फुटेको छ ।
प्रहरी नायब उपरीक्षक रविनवावु रेग्मीले कार्यक्रम भईरहेको स्थानमा गाडि केही तल राखिएको रहेछ, कार्यक्रम सकिएपछि तोडफोड भएको थाहाँ पाएको जानकारी प्राप्त भएको छ । उहाँका अनुसार घटनाको बिषयमा अनुसन्धान भईरहेको छ ।
तस्बिर : तिला गाउँपालिकाको सचिवालयबाट ।