OnlinePana

आज : २०८१ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,चैत्र २२, २०८०जुम्ला,
१६६ पटक

चैत २३ गते । जुम्लामा कृषिका सवाल उठान गर्न कृषि कचहरी आयोजना गरिएको छ । कृषि सवाल, जलवायु परिवर्तन सँगको चुनौतिमा जुध्न किसान, कृषि विज्ञ, स्थानीय सरकार र सरोकारवाला निकाय विचमा कृषि कचहरी गरिएको छ ।

कर्णाली क्षेत्रमा लामो समय काम गर्दै आएको कर्णाली विकास तथा अनुसन्धान केन्द्रले वल्र्डभिजन ईन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा जुम्लामा कृषि कचहरी गरिएको छ । कचहरीमा कृषिका चुनौति सम्भावना अनुसन्धान विषयमा वहश छलफल, सुझाव संकलन गरिएको छ । कृषि कचहरीका बिषयमा विभिन्न प्यानल छलफल गरिएका छन् ।
नेपाल सरकार कृषि मन्त्रालयका कृषि कर्जा, विमा, तथा विपत व्यवस्थापन शाखामा कार्यरत डाक्टर अरुण भट्ट, कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकार मन्त्रालयका अधिकृत पदम खत्री, कृषि अनुसन्धान केन्द्र जुम्लाका अनुसन्धान अधिकृत प्रतिक्षा श्रेष्ठ, कृषि विज्ञ डाक्टर ईश्वरी कडेरिया लगायतका विज्ञहरुले यस सवालमा आ– आफ्नो क्षेत्रगत अवस्थाको बिषयमा छलफल गर्नु भएको थियो ।

कषि विज्ञ भट्टले कषि क्षेत्रमा संघीय सरकारले अहिले कुनै पनि प्रकारको अनुदान दिने व्यवस्था नभएको बताउदै कृषि विमाको अवधारणा ल्याएको बताउनुभयो । उहाँका अनुसार हरेक नागरिकले कृषि विमा गर्न आजको आवश्यकता रहेको बताउदै करिब खरिद मुल्य बराबरको बजेट आवश्यक रहेकोमा जोड दिनुभयो ।
कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका अधिकृत पदम खत्रीले कर्णाली प्रदेश सरकारले मुल्यवान लोगोको शुरुवात गरेको बताउदै मन्त्रालयले अर्गानिक प्रदेशको अवधारणामा जोड दिनुभयो ।

कृषि अनुसन्धान केन्द्र विजयनगरका अधिकृत प्रतिक्षा केसीले जुम्लामा मार्सी धान रोगले मासिने डर अन्य जातको धानको विउ विकास भएको बताउदै अहिले १२ वटा वालिको अनुसन्धान तथा विकास भईरहेको जानकारी दिनुभयो । जुम्लामा बसेर लामो समयदेखी काम गर्दै आएको कृषि अनुसन्धान केन्द्रले स्थानीय स्तरमा ठाउँ अनुसारको वालिको परिमार्जन गर्दै आएका छौ, अनुसन्धान कार्यालय जुम्ली मार्सी धानको पनि सुधार्न लागि रहेकोमा उहाँले जोड दिनुभयो ।

समुहगत छलफलमा किसानले जलवायू अनुकुलका कार्यक्रम, बास्तविक किसानलाई सहयोग हुने निति कार्यक्रम, कृषि उत्पादनको सहजीकरण गर्ने बिषयमा सुझाव दिएका छन् । पातारासी गाउँपालिका पटमाराका किसान सरिता वोहोराले आफुहरुले उत्पादन गरेको आलु लगायत तरकारी अहिले सम्म बजारमा वोकेर ल्याउनुपर्ने वाध्यता रहेको गुनासो पोख्नुभयो । पातारासीको वडा नम्ब ६ र ७ को उत्पादन आलु र अन्य तरकारी घण्टौ लगाएर महिलाहरु वोकेर जुम्लाको सदरमुकाम खलंगा बजारमा ल्याउने गर्दछन् ।

किसान रामकृष्ण बुढ्थापाले कचहरी खस सभ्यताको भाषा भएकाले आफैमा महत्व रहेको बताउदै जुम्लामा मौरीको सम्भावना धेरै भएपनि मर्ने जोखिम भएकाले भईरहेको क्षेतिको बिषयमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले हिमाली क्षेत्रको कस्तुरी पालनलाई प्रथामिकता दिई यस क्षेत्रको आय आर्जनमा जोड दिनुपर्ने बताउनुभयो ।
किसान प्रेम लक्ष्मी न्यौपानेले जुम्ला सदरमुकाममा हाट बजार नभएकाले तरकारी राख्ने स्थान बनाउन सरोकारवालालाई अनुरोध गर्नुभयो । गुठिचौर गाउँपालिका ३ निवासी उद्यमी चित्र बुढाले सरकारका अनुदान मिहिनेति किसानलाई दिन अनुरोध गर्नुभयो । उहाँले आफु विदेशमा सिकेको शिप प्रयोग गरेर गुठिचौरमा अर्गानिक होटल स्थापना गरेको बताउदै प्रोत्साहनका कार्यक्रममा जोड दिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद ज्ञानबहादुर शाहीले सरकारको जडिबुडि र स्थानीय उत्पादन आफै विक्री गर्न मिल्ने कानूनमा समस्या भएकाले कानूननै परिवर्तन गर्न पर्ने आवश्यकता रहेको जोड दिनुभयो । उहाँले अर्गानिक जिल्ला जुम्लामा रयासनिक औषधी कसैले प्रयोग गर्छ भने कारवाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभयो ।

रामपुर क्याम्पसका वैज्ञानिक ईश्वरी कडारियाले जलवायू परिवर्तनले तापक्रम बढिरहेको बताउदै जलवायू परिवर्तनको असर कर्णालीमा बढि हुने डर भएको बताउदै अनुकुलताको काम गर्नु पर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बाजो जमिनमा उत्पादन बढाउन युवाहरु लग्नुपर्नेमा जोड दिनुभयो । लाखौ खर्च गरेर, ऋण गरेर विदेश जाने बिषय मात्रै राम्रो नभई स्वदेशमा केही गर्नु यूवाहरुको भविश्य राम्रो हुने सुझाव दिनुभयो । किर्डाक नेपालका अध्यक्ष सम्झना मल्लले कर्णालीको र्पैरवि र विकास गर्न स्थापना भएको संस्थाले गरेको कार्यक्रममा प्रथामिकता दिई सहभागी भएकोमा स्थानीय तहका प्रमुख सहित सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यकारी निर्देशक गोविन्द बहादुर शाहीले किर्डाकले अहिले कर्णाली, लुम्विनीका २२ जिल्लामा काम गरिरहेको बताउदै कृषि कचहरीबाट आएको निश्कर्ष राज्यलाई बुझाउने जोड दिनुभयो ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख वालाकराम देवकोटाले प्रदेश सरकारको योजना वितरण जिल्लाको आवश्यकताको आधारमा नहुदा समस्या भईरहेकोमा जोड दिनुभयो । कार्यक्रममा चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले कृषिबाट उत्पादित बस्तु गुणस्तर उत्पादनमा थप जोड दिनुपर्ने बताउनुभयो । उहाँले एकहप्तामा तरकारी बजार टुंगो लगाउने बताउनुभयो । तातोपानी गाउँपालिका उपाध्यक्ष रेवति रावलले गाउँपालिकाले अव जलवायू मैत्री कार्यक्रम कम्तिमा एउटा गर्ने बताउदै कृषि क्षेत्रका सम्भावना र चुनौतिका बिषयमा वहश सकारात्मक रहेको बताउदै किसानका समस्या, कृषि उत्पादन र बजारीकरणमा जोड दिने बताउनुभयो । कृषि कचहरीमा ११ बुद्दे प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेको छ । जसमा स्थानीय सरकारले आगामी बजेट तथा नितिमा एक एक वटा जलवायू सम्वन्धी कार्यक्रम राख्ने सहित रहेका छन् ।

प्रतिकृया दिनुहोस्