

जुम्ला/ मंशिर ३ गते ।
जुम्लामा संघीय खानेपानी तथा ढल व्यवस्थापन फिल्ड कार्यालयको ताला खुलेको छ । सरकारले गत असार महिनामा जुम्लालाई खारेज गरेर हटाएको बिरोधमा जुम्लाका राजनितिकदल, जनप्रतिधि र सरोकारवाला निकायले कार्यालय तालबन्दी गरेका थिए ।
कार्यालय खारेज भएपछि तत्कालिन समयमा प्रतिनिधिसभामा जुम्लाका सांसदहरुले तत्कालिन सरकारको ध्यानाकर्षण गराएका थिए । जिल्ला देखी सदन सम्मको आवाज र पहलले पछि सरकारले जुम्लालाई फिल्ड कार्यालयको रुपमा पुन जिम्मेवारी दिएको थियो । तर स्थायी कार्यालय आवश्यक रहेको भन्दै तालाबन्दी यथावत थियो । उक्त तालावन्दी कामकाजको लागि खोलिएको छ ।
जिल्ला स्तरीय पहलकर्ताको नेतृत्व गरिरहेको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले काम काजका लागि ताला खोलिएको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय फिल्ड कार्यालयले गर्ने कामहरु कार्यालय तालाबन्दी हुदा असर हुने भएको सेवाग्राहीको गुनासो अनुसार जनप्रतिनिधि, राजनैतिकदलको सल्लाहमा ताला खोलिएको छ । फिल्ड कार्यालय जुम्लाका कर्मचारी खगेन्द्र भण्डारीले चार महिना देखी कार्यालय तालाबन्दी हुदा सेवाग्राहीबाट गुनासो बढेकाले कार्यालयको माग अनुसार ताल खुलेकोमा सवैलाई धन्यवाद दिनुभयो ।
नयाँ भवनमा तालायथावत :
जिल्ला समन्वय समितिका प्रमुख आचार्यले भने यहाँको बृहत धौलीगाड खानेपानी आयोजनाको काम रोकिएकाले काम सुचारु नहुदा सम्म ताला नखोल्ने समन्वय प्रमुख आचार्यले जानकारी दिनुभयो । यता अन्य कार्यालय खुलेपनि जुम्लाको स्थायी कार्यालयका लागि पहल निरन्तर जारी रहेको उहाँले जानकारी दिनुभयो ।












