OnlinePana

आज : २०८२ पौष ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर ११, २०८२
३१० पटक

नेत्र शाही /जुम्ला,

मंसिर १० गते । हिंसा पिडित महिलाका लागि सुरक्षित आवास गृह दिमा आमा घर जुम्लालाई न्यानो कपडा उपलब्ध गरिएको छ ।
सर्वाेदय नेपाल साहास परियोजना अन्तरगत आर्थिक सहयोग गरेर दिमा आमा घर जुम्लालाई न्यानो सिरक,डस्ना हस्तान्तरण गरिएको हो । हिंसा पिडित महिलाको आश्रय केन्द्रलाई प्रमुख जिल्ला अधिकारी दिपक पौडेलद्वारा सामग्री हस्तान्तरण गरिएको छ ।

सहयोगी संस्था सर्वाेदय नेपालले आमा घरलाई ६ केजीको फाईवर सिरक, १० केजीको डस्ना ६ वटा, अन्य सिरक ६ वटा, तन्ना र खोल सहित हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले दिमा आमा घरका अध्यक्ष दिलमाया शाहीलाई सामग्री हस्तानान्तरण गर्नु भएको हो । सर्वोदय नेपालका कार्यक्रम व्यवस्थापक भानु लिम्बुका अनुसार रु ३९ हजार तिन सय बराबरको दिमा आमा घरलाई बाक्लो सिरक, डस्ना, तन्ना र खोल उपलब्ध गराईएको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी पौडेलले छोटो समयमा गुणस्तरीय काम गरेकोमा दिमा आमाघरलाई धन्यवाद दिनुभयो । उहाँले हाम्रो समाजमा हिंसा रहित बनाउन सवैको हातेमालो र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका प्रमुख कल्पना आचार्य नेपालले दिमा आमा घरका अध्यक्ष तथा पत्रकार दिलमाया शाही नेतृत्वको टिमलाई हिंसा विरुद्धको अभियानमा लाग्नु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले हिंसा घर र समाजले अन्त्य गर्नुपर्ने आजको आवश्यकता भएकाले यस्ता संरचनालाई सरकारले प्रथामिकता दिन आवश्यक रहेको बताउनुभयो ।

दिमा आमा घरका अध्यक्ष दिलमाया शाहीले संस्थाकाे उद्देश्य, प्रगति सम्क्षिप्तमा जानकारी गर्दै सहयाेगी निकाय सर्वाेदय नेपाललाई धन्यवाद दिनुभयाे ।

सर्वाेदय नेपालका अनुगमन अधिकृत देेवेन्द्र आचार्यले दिमा आमा घरकाे कामलाई हेरेर सानाे सहयाेग गरिएकाे जानकारी दिनुभयाे ।

प्रतिकृया दिनुहोस्