

नेत्र शाही/जुम्ला,
मंसिर ५ गते । नेपाली कम्यूनिष्ट पार्टी जुम्लाको जिल्ला एकता सन्देस भेला सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी लगायतका ११ दल मिलेर बनेको नेपाली कम्यूनिष्ट पार्टीको जुम्ला जिल्लाको एकता भेला सम्पन्न भएको हो । जिल्लामा अगुवा नेता तथा कार्यकताहरुको सहभागिातमा एकता भेला सम्पन्न भएको छ ।
एकता भेलामा नेपाली कम्यूनिष्ट पार्टीका केन्द्रीय आयोजक समिति सदस्य नरेश भण्डारीले नेपाली कम्यूनिष्ट पार्टीको एकता देशको विषम परिस्थितिमा देश जोगाउन र दिर्घकालिन कम्यूनिष्टको केन्द्रका लागि अगाडि बढाउने एकताको उद्देश्य रहेको बताउनुभयो । उहाँले एकताले सिमित व्यक्तिको व्यवस्थापन गर्ने भन्ने होईन, ईतिहासका कैयौ टुटफुटको सिकाईबाट एकता गरेर देशको ठूलो कम्यूनिष्ट शक्ति बन्ने दावी गर्नुभयो ।
यति मात्र नभई देशलाई समृद्ध र समाजवादी क्रान्तितिर लैजाने भन्ने दृढ उद्देश्यको सवालमा पार्टीको एकता भएको हो । उहाँले देशेको शुशासनको सवाल, समृद्धिको सवाल र जेन्जीका माग नेपाली कम्यूनिष्ट पार्टीबाटै सम्भव हुनेमा जोड दिनुभयो ।
नेता भण्डारीले जुम्लामा पनि एकता सन्देश दिन यो भेला आयोजना गरिएको बताउदै नेपाली कम्यूनिष्ट पार्टी जुम्लाले एकतालाई गाउँ सम्म लैजान आवश्यक रहेको बताउनुभयो । नेता भण्डारीले नेपाली कम्यूनिष्ट पार्टीले देशमा नेतृत्व गरेर भने अस्थिर हुने भएकाले जनतालाई सचेत हुन अनुरोध गर्नुभयो । उहाँले निर्वाचनका लागि सरकारले धमाधम काम गरिरहेको बताउदै समयमा निर्वाचन भएन भने देशमा सैनिक शासन लागु हुन सक्ने सम्भावना रहेको बताउनुभयो ।
केन्द्रीय सदस्य सदस्य पदमबहादुर रोकायाले जुम्लाको ईतिहासमा नेपाली कम्यूनिष्ट पार्टी ईतिहासमै ठूलो पार्टी भएकोले खुशी व्यक्त गर्नुभयो । उहाँले बाम गठवन्धनको समयमा नेकपा माओवादी केन्द्रले आफुलाई गरेको सहयोग नभुलेको बताउदै अव पनि अन्तरमनबाट एकताको भावना वुझेमा जुम्ला मात्रै नभई कर्णाली प्रदेश नेपाली कम्यूनिष्ट पार्टी पहिलो पार्टी हुने दावी गर्नुभयो । उहाँले प्रचण्ड र माधव नेपालको लामो दिर्घकालिन भिजन नेपालका कम्यूनिष्टको एकता रहेको र सो पार्टी नेपाली कम्यूनिष्ट पार्टी हुनेमा जोड दिनुभयो । केन्द्रीय सदस्य गोमा गौतम कुँवरले पार्टीमा भावनात्मक एकता आवश्यक रहेको बताउनुभयो । नेता गौतमले एकताको भावना वुझेर निर्वाचनमा एक मत हुनुको बिकल्प नरहेको जोड दिनुभयो ।
उहाँले नेपाली कम्यूनिष्ट पार्टी आजको देशको आवश्यकता रहेकाले अगाडि बढेको बताउनुभयो । उहाँले फागुन २१ गते नेपाली कम्यूनिष्ट पार्टी देशको ठूलो पार्टी भएरै छोड्ने दावी गर्नुभयो । उहाँले अव हिजो के गर्यौ भन्ने होईन आज हिजोका सिकाईलाई लिदै अगाडि बढ्ने हो ।
एकता सन्देस भेलामा केन्द्रीय नेताहरु नवराज न्यौपाने, नरेन्द्रनाथ योगी, लक्ष्मीकन्य बुढा, दल बहादुर जिजी, विरबहादुर कुँवर, हिमालय खत्री, अमरजंग शाही र नेता राजबहादुर खत्रीले धारणा राख्नुभएको थियो । नेताहरुले एकतालाई बलियो बनाउने समेत बताएका छन् ।
मंसिर ७ गते पालिकाभेला हुने :
जिल्ला स्तरीय एकताको सन्देस भेला सम्पन्न भएपछि मंसिर ७ गते जिल्लाका आठवटै स्थानीय तहका एकता सन्देश भेला सम्पन्न हुने भएका छन् । नेता नवराज न्यौपानेले प्रस्तुत गर्नुभएको तालिकामा मंसिर सात गते चन्दननाथ नगरपालिका सहित जिल्लाका सवै गाउँपालिकामा केन्द्रीय आयोजक समितिका नेताहरुको नेतृत्वमा भेला हुने भएको छ ।
यसैगरी जिल्ला एकता सन्देस भेलामा नेपाली कांग्रेस १३ जना र नेकपा एमाले त्यागेर १ जना यूवा नेपाली कम्यूनिष्ट पार्टीमा प्रवेस गरेका छन् । जिल्लाको पातारासी गाउँपालिका वडा नम्बर २ का ति यूवाहरुलाई प्रमुख अतिथि नेता भण्डारी सहितका नेताहरुले दोसल्ला र अविर लगाएर पार्टीमा प्रवेश गराएका छन् ।












