OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,माघ १९, २०८०जुम्ला ।
१५५ पटक

माघ १९ गते । जुम्लाको तिला गाउँपालिका ३ मा हाईड्रोपोनिक प्रविधिबाट पशुबस्तुहरुलाई घास र चारो उत्पादन शुरु गरिएको छ । जिल्लाको तिला गाउँपालिका ३ मा महिलाहरुद्धारा स्थापित हिमाली महिला तथा वचत ऋण सहकारी संस्थाले पशु बस्तुका लागि हाईड्रोपोनिक प्रविधिबाट घास तथा चारो उत्पादन ग।िएको हो ।
हिमाली बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक मुनीनाथ योगीले गहु, जौ, मकैबाट दाना सहित घास उत्पादन शुरु गरेको जानकारी दिनुभयो । उहाँले गाईभैसीलाई भिटामिन युक्त घास र खाना उत्पादनमा सहकारीका महिलाहरु अहिले जुटेका बताउदै विस्तारै यो घास बिक्री हुन थालेको छ । उहाँले पहिलो चरणमा ५० केजी सो प्रविधिबाट उत्पादित घास बिक्री गरिएको जोड दिनुभयो ।

यसका लागि हिउँदे सिजनमा जाडो हुने भएकाले ग्रिन हाउस बनाईएको छ । यो प्रविधिको लगानी तथा आर्थिक सहयोग यूएसए आईडि र प्राविधिक सहयोग विन्डपावर नेपालले गरिरहेको छ । विन्ड पावर नेपालका प्रमुख कार्यकारी निर्देशक कुशल गुरुङले चैपायामा निर्भर आहारा, सुख्खा याममा पनि पाउने उद्देश्यले यो प्रविधिबाट चारो तथा घास उत्पादन गरिएको छ । उहाँका अनुसार अहिलेको उत्पादन स्थिति हेर्दा एक किलो दानाबाट आठ केजी उत्पादन भईरहेको छ । हिमाली क्षेत्रमा यो प्रविधि पहिलो पटक शुरु गरिएको दावी गर्नुभयो ।

हिमाली क्षेत्रमा पहिला पहिला पशुवस्तु तराई क्षेत्रमा झार्ने चलन पनि थियो । अहिले घट्दै गएकाले  गाईभैसी, भेडाबाख्रा सहित घास चौपायाका लागि सामुदायिक स्तरको पहिलो हाईड्रोपोनिक प्रविधि नेपालमै सामुदायिक स्तरको पहिलो भएको दावी गर्नुभयो । प्रमुख कार्यकारी निर्देशक गुरुङका अनुसार जम्मा रु पाँच लाख लगानीमा सामग्री प्रविधिमा खर्च भएको छ । जसमा प्लाष्टिक टनेल सहित प्रविधिका सामग्री रहेका छन् ।

सहकारी अध्यक्ष सत्यदेवी भट्टराईले चौपायालाई हिउँदे सिजनमा सुख्खा हुने भएकाले हरियो घास उत्पादन गर्ने प्रविधि उत्तम भएको बताउदै यो कार्य प्रर्वधन गर्न आवश्यक भएकोमा जोड दिनुभयो र उहाँले १२ घण्टा पानीमा भिजाउने, पखालेर, २४ घण्टा थैलोमा राखेर हरियो घास उत्पादन हुदै आएको जानकारी दिनुभयो । उहाँका अनुसार महिलाहरु अहिले सो कामले खुशी हुन थालेका बताउनुभयो ।

प्रतिकृया दिनुहोस्