OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही साउन ३१, २०८०जुम्ला,
२६८ पटक

साउन ३१ गते । लेखक तथा अध्ययता खडानन्द चौलागाईको कर्णालीका १००४ वटा गाउँखाने संग्रहित साईतर पुस्तक विमोचन भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्री मधुसुदन गिरी,चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायत, नगरउपप्रमुख रामदेवी खड्का लगायतका अतिथिले पुस्तक विमोचन गर्नु भएको छ । खडानन्द चौलागाईद्वारा लिखित कर्णालीका गाउँखाने कथा संग्रह ( साइतर) पुस्तक विमोचन भएको छ ।
आयुषराज मल्टिमिडियाका भरतबहादुर मल्लको आतिथ्यतामा साउन ३० गते बिमोचन गरिएको उक्त पुस्तक बिमोचन आलु विज्ञ डा भिम के सी, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला पनि सहभागि हुनु भएको थियो ।

बिमोचित पुस्तकका तीन खण्ड छन् । पहिलो खण्डमा गाउँखाने कथाको परिचय, पृष्ठभूमि, बर्गिकरण, प्रयोगको वारेमा उल्लेख गरिएको छ भने दोस्रो खण्डमा बर्णानुक्रमको आधारमा १००४ वटा गाउँखाने कथाहरु समावेश गरिएको छन् । अध्येता खडानन्द चौलागाईले पूरा गर्नु भएको बताउनु भएको थियो भने नगर प्रमुख राजुसिंह कठायतले कर्णालीको लोकजीवनमा साहित्यिक फाँटले अग्रणी भूमिका खेलेको छ । यसमा विभिन्न तह र तप्काका व्याक्तित्वहरुको अतुलनीय भूमिका छ ती मध्ये कर्णालीको साहित्यिक बगैचालाई मलजल गर्न खडानन्द चौलागाईले अबिराम कलम चलाइरहनु भएको छ । त्यो कर्णालीको लागि गौरवको कुरा हो । कार्यक्रममा अध्येता तथा अन्वेषक खडानन्द चौलागाईले नेपाली भाषाको जन्मकुण्डलिका रुपमा रहेको खस भाषालाई आज राज्यले जसरी उपेक्षा गरेको छ त्यसैगरी कर्णालीको लोकजीवनका साहित्यिक गाथालाई मलजल गर्न सकेनौँ भने भाषामा उपेक्षा गरेजस्तै कर्णालीको साहित्यिक बिरासतमा पनि कुठाराघात हुने पक्का छ भन्दै ठोकुवा गर्नुभयो । गाउँखाने कथा कर्णालीमा मनोरञ्जन र बौद्रिक कुशलतामा सल्बयाएको सामाजिक सांस्कृतिक प्रतिबिम्ब हो यसलाई उजागर गरी आम नेपालीहरुका सामू पस्किनु पर्दछ । यही उदेश्य पूरा गर्नको लागि मैले यो प्रयास गरेको हु । यसमा सबै प्रतिबद्दता र हातेमालोको जरुरी देखिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ मधुसुधन गिरीले कर्णालीको लोकजीवनमा गुन्जिरहेको साहित्यक गाथालाई बङग्याउँदै केही साहित्यकारहरुले आफू अनुकूलको लाभको सुविधा ग्रहण गरिरहेका छन् । त्यो कर्णालीको लोक जीवनले कदापी स्वीकार गर्ने छैन । अहिले जसरी कर्णालीको नाम बेचेर आफूलाई फाइदा हुने काम गरेका छन् त्यो कालन्तरमा बिष भएर निस्कन सक्छ । समयमै सबैले सचेत भएर साहित्यमा कलम चलाउन आग्रह गर्नु भएको छ । खडानन्द चौलागाईको यो प्रयासले आउदा दिनहरुमा अझै परिस्कृत भइ समग्र कर्णालीको लोकजीवनमा सहयोग पुग्नेछ भन्दै यस कृतिको सफलताको लागि शुभकामना दिनुभएको छ । यसैगरी वीचबीचमा देउडा भाकामा गीतहरु गुन्जीरहेका थिए ।

लेखक चौलागाई चन्दननाथ नगरपालिका शिक्षा शाखा प्रमुख हुनुहून्छ । उहाँले प्रकाशित कृतिहरु कर्णालीका परिचय २०६१, कर्णाली निवन्ध संग्रह २०६५, मझेरीबाट हेर्दा कर्णाली २०७३, कर्णालीका आवहन तथा उखान संग्रह २०७५,साक्षरता पुस्तक २०७६,अनियन्त्रित मनका वरालिएका सपनाहरु, गंगा स्मृति ग्रन्थहरु र कर्णालीका गाउँखाने कथाहरु गरि ८ वटा कथा संग्रहरु रहेका छन् ।

क्याप्सन : लेखक खडानन्द चौलागाईको आठौ कृति गाउँखाने कथा विमोचन गरिदै

प्रतिकृया दिनुहोस्