OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,पौष ३०, २०७९ जुम्ला,
३४० पटक

पुष ३० गते । जु्म्लामा शशस्त्र प्रहरीले भूकम्प सुरक्षा सचेतनाका लागि टेवुल टप एक्सरसाईज कार्यक्रम गरेको छ ।
शशस्त्र प्रहरी ३३ नम्बर त्रिपुणागण जुम्लाले सरोकारवाला निकायहरुको उपस्थितिमा टेवल टप एक्सरसाईज कार्यक्रम गरको हो । सो कार्यक्रममा भुकम्प आईसकेपछिको अवस्थामा सरोकारवाला निकायले निभाउनु पर्ने भूमिकाको बिषयमा टेवुल अभ्यास गरिएको गणपति चित्रांगत दाहालले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा टेवुल टप एक्सरसाईज गर्न ६ वटा समुह गठन गरेर छलफल गरिएको छ । स्थानीय तहका प्रतिनिधि, सरकारी कार्यालय, सुरक्षा निकाय, नागरिक तथा पत्रकार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिषठन तथा जनस्वास्थ्य कार्यालय र गैरसरकारी क्षेत्र नाम दिईएका समुहमा सरोकारवाला निकायले टेवुल टप एक्सरसाईज गरेर समुहगत छलफल सहित सचेतना गरिएको छ ।

उक्त कार्यक्रममा नमूनाको रुपमा भुकम्प आएको र सरोकारवाला निकाय परिचालन कसरी हुने भन्ने बिषयमा समुहगत छलफल गरि प्र्रस्तुत गरिएको छ । भुकम्प आएको अवस्थामा प्रहरी कसरी परिचालन हुन्छ भन्ने बिषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यमबहादुर बुढामगर, नेपाली सेनाका उपसेनानी आदित्यजंग शाही, शशस्त्र प्रहरीका प्रहरी नायव उरीक्षक निरोज देवकोटा र .राष्ट्रिय अनुसन्धान प्रमुख राजक्ुमार न्यौपानेले अभ्यास गर्नुभएको थियो ।

टेवुल टप पछि सरोकारवाला निकायको भूमिका के होला भन्ने बिषयमा स्वास्थ्य क्षेत्रले गर्ने कामको बिषयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका बरिष्ठ प्रशासकीय अधिकृत द्धोन्द्धबहादुर शाही, सरकारी निकायको तर्फबाट सघन शहरी तथा भवन डिभिजन आयोजनामा सव ईन्जिनियर निवा देव, गैरसरकारी क्षेत्रबाट भकारी कार्यक्रममा संजिव श्रेष्ठ, नागरिक तथा पत्रकारको तर्फबाट नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले आ–आफ्नो काम र भूमिकाका बिषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

माघ २ गते भुकम्प सुरक्षा दिवसको पुर्व सन्ध्यायमा गरिएको उक्त कार्यक्रममा शशस्त्र प्रहरी वल ३३ नम्बर गण जुम्लाका गणपति चित्रागंत दाहाल र सघन शहरी विकास तथा भवन निर्माण आयोजनाका सव ईन्जिनियर निमा देवले भुकम्पको परिभाषा, नेपालमा यसको अवस्था र सुरक्षा हुने उपायहरुको बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतिमा नेपालमा पछिल्लो समय गोरखालाई केन्द्रविन्दु बनाएर आएको भुकम्पको क्षेति, उद्धारको अवस्थाको बिषयमा जानकारी गरिएको छ । यस्तै सघन शहरी आयोजनाले घर निर्माण गर्दा त्यसको बर्गिकरण तथा दिगोपनका बिषयमा जानकारी गरिएको थियो । भुकम्पले भन्दा पनि हामीले बनाएका संरचनाले क्षेति पुग्ने भएकाले यसमा सचेत हहुनुपर्ने जोड गरिएको छ ।
गणपति दाहालले टेवुल टप एक्सरसाईजले सरोकारवाला निकायलाई भुकम्पको वेलामा काममा सचेत गराउने कुरामा जोड दिने भएकाले यो अभ्यास निरन्तर गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले यस्तो पूर्व तयारी स्थानीय तहमा पनि गर्न आवश्यक रहेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले भुकम्पको वेला जिल्ला प्रशासन कार्यालयले गर्ने भूमिका सहित टेवुल टप एक्सरसाईजले पूर्व तयारीमा सजिलो गर्ने बताउनुभयो । हरेक बर्ष मनाईदै आएको भूकम्प सुरक्षा दिवस यस बष पनि जुम्लामा मनाईने भएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी रिजालले माघ २ गते विहान सचेतना र्याली, डेमा सहित विभिन्न कार्यक्रम गरी मनाईने भएको छ ।

प्रतिकृया दिनुहोस्