OnlinePana

आज : २०८२ साउन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष २९, २०७९
४१० पटक

२८ पुस २०७९, शुक्रबार

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित दुई यातायात प्रालि.समायोजन भएका छन् ।

वीरेन्द्रनगरबाट सञ्चालन हुँदै आएका पब्लिक हिमाल यातायात र बौद्ध यातायात प्रालि.बीच समायोजन भएको हो । बौद्ध यातायात प्रालि.का अध्यक्ष कमल गुरुङले आफ्नो संस्थामा रहेका १ सय ४४ सवारीलाई आज एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै पब्लिक हिमाल यातायात प्रा.लि.मा समायोजन भएको बताउनुभयो । “हामी यही माघ १ गतेबाट संयुक्तरुपमा यातायात सञ्चालन गर्नेछौं,” उहाँले भन्नुभयो ।

त्यसैगरी, पब्लिक हिमाल यातायात प्रालि.का अध्यक्ष खगेन्द्रप्रसाद शर्माले यातायातको क्षेत्रमा आएको धेरै फुट र विभाजनको अवस्थाले सवारी धनीहरु धराशयी पुगेको विषयलाई गम्भीररुपले मनन गरेर समायोजन हुनुपरेको बताउनुभयो । “अब हामीले फुटलाई त्यागेर एकजुट हुनुपर्छ भन्ने सन्देश बोकेर दुई संस्थालाई समायोजन गरेका छौं । यसले सवारी धनीहरुलाई धेरै राहत हुनेमा विश्वास रहेको उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्