

नेत्र शाही/जुम्ला,
मंसिर २४ गते । जुम्लाको सिंजा क्षेत्रमा संचालन हुने गाडिको भाडादर नियमानुसार सस्तो र सुलभ गर्न स्थानीयले माग गरेका छन् ।
स्थानीयले भाडा चर्को भएको भन्दै प्रमुख जिल्ला अधिकारी दिपक पौडेललाई ध्यानाकर्षण पत्र वुझाएका हुन् । स्थानीय अगुवाले भाडा चर्को भएकाले स्थानीय मारमा परेको बताउदै यस बिषयमा ध्यान दिन जिल्ला प्रशासन कार्यालयमै पुगेर जानकारी गराएका छन् ।
जुम्ला निर्वाचन क्षेत्र प्रदेश (ख) का नागरिकहरुले दिएको ध्यानाकर्षण पत्र विकासको मेरुदण्डको रुपमा रहेको सडक संजाल त्यसमा कर्णाली राजमार्ग पक्की भईसकेको, नाग्म गमगडी सडक समेत केही भाग पक्की, पिसिसी, ग्राभिल सम्मै, सोझै सहजै गाडी गुडीरहेको अवस्थामा साथै अन्य पालिकाहरुमा जोडने सडक पनि सहजै यातायत संचालन भईरहेको अवस्थामा पनि हाम्रो जुम्लामा चल्दै आएका सार्वजनिक यातायात व्यवसायी तथा यातायात संचालन गर्ने यातायात व्यवसायीले कहिले भाडा घटाउने कहिले बढाउने मनमानी तरीकाले भाडा उठाउदै, असुल्दै आइरहेको सर्वविविदै छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ । ति सवारी साधनमा बाध्यताले, समस्याले, रहरले यात्रा गर्ने हामी सबै यात्रुहरुलाई एकदमै मर्का परेको हुँदा नेपाल सरकारको ऐन, नियम कानून कार्यविधि बमोजिम जुम्ला भित्रका सडकमा चल्ने सार्वजनिक यातायतका साधनहरुको भाडादर तत्काल कायम गरिदिनु हुन अनुरोध गर्दछौ ।
स्थानीय हर्षबहादुर शाहीले भाडादर नियानुसार कायम गरिनुपर्ने माग गारिएको जानकारी दिनुभयो । उहाँले अहिले बाटो पनि बिस्तारै राम्रो बन्दैछ, ईभिगाडि पनि आईसके तर चर्कोभाडा भएकाले नियमित गर्नुपर्ने बताउनुभयो । स्थानीय प्रयाग आचार्यले सरकारको नियमानुसार भाडादर कायम गरिनुपर्नेमा जोड दिनुभयो । उहा्रँले यो यो छलफल चाड्र्रै अगाडि बढाईनुपर्ने सूझाव दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी प्रदिप पौडेलले दुई बर्ष अगािड यो बिषयमा एउटा टिम बनाएको जानकारी दिदै यो टिम बसेर छलफल गर्न सकिने बताउनुभयो । उहाँले यस बिषयमा आईतबार ११ बजे छलफल गरिने प्रतिवद्धता जनाउनुभयो । प्रमुख जिल्ला अधिकारी पौडेल जुम्ला आएको दुई हप्ता भएको छ, नागरिकहरुले नयाँ प्रमुख जिल्ला अधिकारीलाई विभिन्न सवालमा फेरी काम गर्न सूझाब दिदै आएका छन् ।
जुम्ला बजारबाट नाग्म हुदै सिंजा क्षेत्रको सार्वजनिक गाडिको भाडा नाग्म चारसय, सिंजाको नराकोट जान सातसय तथा गुठिज्यूला पुग्न आठ देखी एक हजार भाडा लिने गरिएको स्थानीय बताउछन् । तर विचविचमा महंगो लिन गरिएको गुनासो छ ।











