OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही, जुम्ला ।कार्तिक १, २०७९ जुम्ला ।
१७१४ पटक

कात्तिक १ गते , बर्षा पछिको भिषण पहिरोले अवरुद्ध कर्णाली राजमार्गको जुम्ला खण्ड खुलेको छ ।
करिब एक हप्ता लामो प्रयास पछि नाग्म खण्ड खुलेको भईरहेको डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जुम्ला नाग्म खण्डको रारालिही देखी नाग्म सम्म दर्जनौ स्थानमा पहिरो गएको थियो ।

गत असोज २२ गते देखी सड्क क्षेत्रमा असोज २२ गतेबाट २ जना ईन्जिनियर, ३ जना सव ईन्जिनियर, ७ जना सुपरभाईजर र ७३ जना लेन्थ वर्कर खटिएका छौ । कर्णाली राजमार्गमा खटिएका सव ईन्जिनियर गोविन्द अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार जुम्ला बजार देखी नाग्म खण्ड खुलेको हो । स्काभेटरमा तेल अभाव हुदा जम्मा गर्न कठिन भईरहेको छ, तरपनि कमी भएकाले समस्या भईरहेको छ ।
जुम्ला देखी नाग्म खुलेपछि आन्तरिक आवागमनमा केही सजिलो हुने भएको छ । तर राजमार्ग खुलेपनि धेरै स्थानमा पहिरो फेरी आउने डर छ । जुम्ला देखी नाग्म सम्म ३२ किलो मिटर मध्य करिब ५ किमी क्षेत्रमा पहिरो गएको थियो ।

राजमार्गको सर्वपक्षिय अनुगमन : 

कर्णाली राजमार्गको अनुगमन समेत गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी, डिभिजन सड्क कार्यालयका प्रमुख श्रेष्ठ। राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका निमित्त प्रमुख धनराज शाही सहित सुरक्षा निकायका प्रमुख, पत्रकार महासंघले जुम्ला देखी कालिकोटको भिग्म सम्म अनुगमन गरेको छ ।

राजमार्गको स्थलगत अनुगमन गर्न गएका जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले स्थलगत अनुगमनमा राजमार्ग खुलाउने काम सुचारु भएपनि दिर्घकालिन पहिरो व्यवस्थापनका लागि आवश्यक रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी केशरीले सड्क खुलाउने र दिर्घकालिन रुपमा राजमार्ग बनाउन सवैको सहयोग आवश्यक भएकोमा जोड दिनुभयो । उहाँले तेल अभाव भएकाले खोजी भईरहेकोमा जोड दिनुभयो ।

कर्णाली राजमार्ग २५ प्रतिशत अव खुल्न वाँकी : 
कर्णाली राजमार्गमा २५ प्रतिशत खुल्न वाँकी रहेको छ । डिभिजन सड्क कार्यालयका अनुसार कालिकोटको पिली देखी सेरावाडा सम्म काम सकेर गाडि पुगेको छ । सव ईन्जिनियर अधिकारीक अनुसार सेरावाडा देखी नाग्म सम्मको करिब ३० किलोमिटरमा सवैभन्दा कठिन अवस्था छ । धनाडा देखी नाग्म सम्म मात्रै १४,१५ स्थानमा ठूला ढुंगा बिष्फोटन गर्नुपर्ने अवस्था रहेको छ ।

 

प्रतिकृया दिनुहोस्