OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ८, २०७९सुर्खेत
६४३ पटक

८ भदौं २०७९, बुधबार

फोहोरलाई उर्जामा रुपान्तरण गर्न कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालयले प्राविधि जडान गर्न लागेको छ ।

जनसंख्याको तीव्र वृद्धिसँगै बढ्दो सहरीकरण र मानवीय क्रियाकलापबाट उत्पादित फोहरबाट विद्युत उत्पादन गर्न मन्त्रालयले प्राविधि जडान गर्ने कार्य अगाडि बढाएको हो । फोहरबाट उर्जा निकाल्न मन्त्रालयले चालु आव. २०७९÷०८० बजेट विनियोजन गरिएको जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिनुभयो ।

देशका अन्य ठाउँमा समेत यो प्राविधिबाट काम सुरु गरिएकोले अत्यन्तै उर्जा कम उत्पादन भएको कर्णालीमा जतिसक्दो सबैलाइ उज्यालो पु¥याउनका लागि फोहरबाट उर्जा निकाल्न लागिएको मन्त्री सिंहले बताउनुभयो । रु.२० लाख पहिलो चरणमा यो कार्यका लागि मन्त्रालयले बजेट खर्चिन लागेको छ,” उहाँले भन्नुभयो, “यो काम सफल भएमा फोहरबाट विद्युत निकाल्न अन्य ठाउँमा पनि यो विस्तार गर्छौं ।”

मन्त्रालयका सचिव देवराज निरौलाले जनसंख्या बाग्लो रहेको ठाउँमा फोहर समेत बढी उत्पादन हुने भएकाले ती ठाउँहरुबाट उर्जा उत्पादनको काम युद्धस्तरमा हुन सके फोहर व्यवस्थापनका साथै उर्जाको लाभ लिन सकिने जानकारी दिनुभयो । सचिव निरौलाले भन्नुभयो, “कर्णालीमा यो पहिलो अभ्यासका रुपमा लिइएको छ । मूलतः सार्वजनिक नीजि साझेदारी (पीपीपी) मोडलमा सौर्य प्रविधि जडान कार्यसमेत गर्दैछौं ।”

मन्त्रालयका योजना महाशाखाका प्रमुख गोपाल शर्माले फोहरबाट उर्जा उत्पादनका लागि सुर्खेतको वीरेन्द्रनगर, रुकुम पश्चिमको चौरजहारी, जुम्ला खलंगा, जाजरकोटको कुदु, दल्ली, कालीमटी, सल्यानका बाक्लो बस्ती रहेका बस्ती तथा समुदायहरु संभावित रहेको बताउनुभयो । प्रमुख शर्माका अनुसार विद्युतको बढ्दो माग र १३२ केभी प्रसारण लाइन निर्माण कार्य पुरा नभएकाले विभिन्न वैकल्पिकरुपमा उर्जा उत्पादन गरी जनतालाई उज्यालो उपलब्ध गराउने अभियानलाइ तीव्रता दिएको छ ।

प्रतिकृया दिनुहोस्