OnlinePana

आज : २०८१ माघ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,साउन २९, २०८१जुम्ला,
८६३ पटक

जुम्ला, साउन २९ गते । गुमनाम हिमा गाउँपालिका वडा नम्बर ५ स्थित रुपी छहरामा प्राविधिक टोली पुगेको छ । गाउँपालिकाले सो छहरा पहिचान गर्नका लागि पहिलो पटक प्राविधिक टोली पठाएको हो ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार अपार पर्यटकीय सम्भावना रहेको रुपी छहरा अहिले सम्म गुमनाम भएकाले यसको पहिचान गर्न पहिलो पटक हिमा गाउँपालिकाको प्राविधिक टोली खटाएर अवस्था वुझ्न खटाईएको जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाका भौतिक पूर्वाधार शाखा प्रमुख ईन्जिनियर तोरुण खड्काको नेतृत्वमा १२ जना प्राविधिक र स्थानीय त्यस क्षेत्रमा गएर फर्किएको छ ।

टोलीले छहराको नापजाँच, नाग्म गमगडि राजमार्ग अन्तरगत हरियाल्ला देखी रुपी हरा सम्मको पैदल दुरी, पर्यटकीय पदमार्गको सभ्भावमा, समस्या, चुनौतिका र समस्या सामाधानको उपायहरुको बिषयमा एक हप्ता भित्र प्रारम्भिक प्रतिवेदन गाउँपालिकालाई वुझाउने जानकारी दिनुभयो ।

रुपी छहरा त्यस क्षेत्रका स्थानीयले पर्यटकीय सम्भावनाको क्षेत्र भएको जानकारी गर्दै आएका थिए । तर पहिचान नहुदा पर्यटकका लागि गुमनाम रहेको छ । हिमा गाउँपालिकाको स्थायी केन्द्र वडा नम्बर ५ बाजागाडा देखी पैदल करिब ४ घण्टाको समय हिडेर पुगिन्छ ।

गाउँपालिकाले नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाही सहितको स्थानीय वुद्धिजिवीको सुझावमा छहरा पहिचान गरि पर्यटकीय केन्द्र बनाउन दिएको सुझाव र गाउँपालिकाको आर्थिक बर्ष २०८१।०८२ को निति तथा कार्यक्रम अनुसार चाडै पहिचान गरिने आवश्यक पूर्वाधारका लागि छहराको बास्तविक अवस्थाका बिषयमा पहिलो पटक सरकारी स्तरको प्राविधिक टोली पठाएको हो । सो क्षेत्रमा यस भन्दा पहिला प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढा सहितको टोली पनि पुगेर फर्किएको थियो । गाउँपालिका अध्यक्ष शाहीका अनुसार प्राविधिकहरुको प्रतिवेदन पछि सरोकारवालाहरुको टिम पुग्ने योजना रहेको छ । रुपी छहरा पुगेर आएका प्राविधिक ईन्जिनियर तोरुण खड्काले त्यहाँका बस्तुस्थित र प्राविधिक काम गरेर फर्किएका र हप्ता १० दिनमा पालिकामा प्राविधिक प्रतिवेदन वुझाईने बताउनुभयो । 

क्याप्सन ः हिमा गाउँपालिकाको रुपीछहरा पहिचान गर्न पुगेको प्राविधिक टोली तस्बिर हिमा गाउँपालिका÷जुम्ला ।

प्रतिकृया दिनुहोस्