OnlinePana

आज : २०८१ भाद्र २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
राम प्रकाश विकआषाढ १, २०८१ जुम्ला
४३६ पटक

गुठिचौर गाँउपालिकालाई पर्यटनको विकास गर्न ठाकुरज्यु आर्थिक विकासको आधार वन्ने देखिएको छ । गुठिचौरलाई पर्यटनबाट रोजगारि सृजनागर्न ठाकुरज्यु सडक पहिलो चरणको काम सकिएको छ। गत आर्थिक बर्ष २०८०÷०८१को २८लाख ४०हजार वजेटमा गुठिचौर गाँउपालिकाको वडा३ लाग्नादेखि चुवासम्मको पहिलो चरणको ५किलोमिटर सडक निमार्ण कार्य सकिएको छ । सडक निर्माणले ठाकुरज्यु प्रर्बद्धनमा थप सहयोग पुग्ने भएको छ ।

गुठिचौर पर्यटनबाट आर्थिक समृद्धीसँगै रोजगारी सृजनाको मुख्यआधार भएकाले सडक निर्माणलाई प्रथामिकतामा राखिएको पालिका अध्यक्ष दान वहादुर वुढाले बताउनुभयो । पर्यटकीय स्थल ठाकुरज्यु सम्म पुग्नको लागि सहज बाटो नहुँदा आउजाउमा सास्ती खेप्दै आएका धार्मिक पर्यटकको समस्यालाई मध्यनजर गर्दै ठाकुरज्यु जाने सडक पूर्वाधार निर्माणलाई गुठिचौरले जोड दिएको पालिकाका अध्यक्ष बुढाले बताउनुभयो। उहाँका अनुसार, ठाकुरज्युको प्रर्बद्धन र गुठिचौरका स्थानीयलाई त्यहाँसम्म पुग्न सहजताका लागि सडक निर्माण गरिएको हो ।

पालिका अध्यक्ष वुढाले जुम्लाको धार्मिक पर्यटकिय गन्तव्य ठाकुरज्युको चुवामा पहिलो पटक गाडी पु¥याएका छन। धार्मिक पर्यटकिय स्थल ठाकुरज्युको प्रर्वद्वनका लागि निर्माण भएको सडकमा पहिलो पटक चुवामा गाडी पुगेको हो । हिडेर मुस्किल हुने चुवासम्मा सडक पु¥याउन पालिका सफल भएको हो । अव त्यहाँबाट गुठिचौर लगाएत अन्य ठाँउसम्म सहजै काठ, दाउरा, ल्याउन सहज हुने भएको छ । गाउँपालिकाले हाताभित्र रहेका ठाकुरज्यु, मालिका माई लगाएत अन्य क्षेत्रको प्रर्बद्धनमा अघि बढ्ने बताउनुभयो ।

गुठिचौर गाँउपालिका उपाध्यक्ष शान्ति कुमार मल्ल(भण्डारि)ले हामी सबैको अथक प्रयासबाट धार्मिक आस्था बोकेको ठाकुरज्युको सडक निमार्ण गर्न सफल भएको वताउनुभयो । ठाकुज्यु मन्दिर दर्शन संगसंगै कर्णाली क्षेत्रकै प्रचुर पर्यटकीय संभावना बोकेको गन्तव्य भएको उपाध्यक्ष भण्डारिको धारणा छ । गुठिचौर पालिका बासीमात्रै नभई समग्र जुम्लीबासीको धार्मिक आस्था बोकेको ठाकुरज्यु मन्दिर दर्शन सहज हुने भएको उहाँले वताउनु भएको छ ।

गुठिचौर पालिका उपाध्यक्ष भण्डारिले ठाकुरज्यु कर्णाली क्षेत्रकै प्रचुर पर्यटकीय संभावनाको गन्तव्य भएकाले सडक निर्माणले आर्थिक विकासमा थप टेवा पु¥याउने वताउनुभयो । सडक निमार्ण कार्यमा छिटो र गुणस्तरीय कामको लागी संवन्धित निर्माण कम्पनीलाई पनि विषेश धन्यबाद दिनु भएको छ।

यस्तै, गुठिचौरका प्राविधिक शाखा प्रमुख मीन बहादुर भण्डारीले कुल १ करोडको ठेक्का आह्वान भएपनि २८ लाख ४० हजारमा ठेक्का सम्झौता भएको बताउनुभयो । धार्मिक पर्यटकिय स्थल ठाकुरज्युको प्रर्वद्वन गर्ने पर्यटको सहज वनाउन विचविचमा प्रतिक्षालय निमार्ण, खानेपानिको व्यवस्थपान गरिने उहाँले वताउनु भएको छ । प्राविधिक भण्डारीका अनुसार, सडकको चौडाई ४ देखि ८ मिटको वनेको उहाँको भनाई छ ।

चारै तिरका देखिने दृश्यले चुवासम्मको यात्रा रमाइलो रहने भएको छ । सडक निर्माणको ठेक्का (के एण्ड पी निर्माण सेवा त्रिपुरासुन्दरी ७ डोल्पा)ले लिएर काम संचालन गरेको बताउनुभयो । प्राविधिक भण्डारीले पहिलो चरणको काम लाग्न ठाकुरज्यु सडक निर्माण गरि चुवासम्म करिब ५ किलोमिटर निमार्ण सम्पन्न भएको वताउनुभयो ।

यो क्षेत्र समुद्ध सतहबाट ३ हजार ४सय मिटरको उचाईमा सडक पुगेको भण्डारिले उल्लेख गर्नुभयो। आगामी आर्थिक बर्ष २०८१÷०८२ मा ठेक्काबाट हाकासम्म र त्यस्को लगतै अर्को बर्ष ठाकुरज्युसम्म पुर्याउने लक्ष्य गाउँपालिकाकोे छ । उहाँले भन्नुभयो, ठाकुरज्यु सडक निर्माणमा गर्ने के एण्ड पि कन्ट्रक्सन एण्ड सप्लायर्सका प्रोपाईटर रबिका भण्डारीलाई सफलताका साथ सडक सम्पन्न गरेको प्रशंसा गदै धन्यवाद दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्