माघ २० गते । जुम्लाको तातोपानी गाउँपालिका वडा नं २ मा रहेको पर्यटकीय केन्द्र तातोपानी वडापालिकाको आम्दानीको स्रोत बन्न थालेको छ । तातोपानी गाउँपालिका वडा नम्बर २ स्थित जर्मिमा रहेको तातोपानी आयस्रोतको माध्याम बनेको वडापालिकाले जानकारी दिएको छ ।
आन्तरिक राजश्व उठाउन कठिन भईरहेको अवस्थामा वडापािलकामा मासिक रुपमा रु एक लाख आम्दानी भईरहेको वडापालिकाले जानकारी दिएको छ । वडाध्यक्ष चन्द्रमान बुढाका अनुसार तातोपानी अहिले वडापालिकाको आम्दानीको स्रोत बन्दै गरेको बताउनुभयो । उहाँ अनुसार वि.सं २०८० मंसिर ५ गते देखी २०८१ पुस मसान्त समम्म तातोपानी धाराबाट रु १२ लाख ४२ हजार पाँच सय रुपैया पर्यटकबाट रकम संकलन भएको छ ।
राति नुहाउने पर्यटकहरु पनि बढेकाले कर्मचारी बढाउनु पर्ने आवश्यकता देखिएको छ । तातोपानी धाराका व्यवस्थापक समितिका ईन्चार्ज धनबहादुर रावतका अनुसार तातोपानीमा दैनिक करिब ५० देखी एकसय मानिसहरु नुहाउन आउने गरेको जानकारी दिनुभयो । उहाँले तातोपानीमा जुम्ला सहित नेपालरभर र कहिले काही विदेशी पर्यटकहरु समेत आउने गरेका छन् । वडापालिकाले तातोपानीमा अहिले २ जना कर्मचारी काम गरिरहेका र अव २ जना कर्मचारी थप्ने तयारी भईरहेको छ ।
३१ ह्जार आठसयले तातोपानीमा नुहाए :
उहाँका अनुसार यो एक बर्षमा जिल्ला वाहिरका पर्यटक सात हजार तिनसय, जिल्ला भित्रका रु १४ हजार दुईसय र गाउँपालिकामा १० हजार तिनसय गरि जम्मा ३१ ह्जार आठ सय मानिसले तातोपानी धारामा नुहाएका छन् । अझ हिउँदे सिजनमा चिसोमा तातोपानी नहाउनेको संख्या बढ्ने गर्दछ । यहाँ तातोपानीमा नुहाएपछि सञ्चो हुन्छ भन्ने धारणा समेत रहेको छ । जुम्लाको तातोपानीमा नुहाउन छिमेकी जिल्ला कालिकोट, मुगु, डोल्पा, हुम्ला, जाजरकोट, दैलेख, अछाम, बाजुराबाट मानिसहरु आउने गरेका छन् । यहाँ जुम्ला र रारा आउने पर्यटकहरु समेत नुहानेको भिड हुन्छ ।
यसैगरी जुम्लामा काम गर्ने सरकारी तथा गैरसकारी क्षेत्रमा कार्यरत कर्मचारी पनि नुहाउने गरेका छन् । कालिकोट पलाता फागोटी गाउँ निवासी बाट जुम्ला आएपछि तातोपानी ननुहाई आफु नजाने गरेको पर्यटक रजना बम बताउनु हुन्छ । उहाँले आफु नहाउनकै लागि दर्जनौ पटक यहाँ आउने गरेकोमा जोड दिनुभयो । उहाँ जस्तै धेरै महिलाहरु तातोपानीमा नुहाउने गरेका छन ।
जुम्लामा स्थानीय सरकारको आन्तरिक राजश्व संकलन कम भईरहेको समयमा अहिले तातोपानी धारा भने स्थानीय सरकारको आम्दानीको स्रोतको रुपमा अगाडि बढेको छ । यसलाई थप व्यवस्थापन गर्नका लागि पहल भईरहेको स्थानीय सरकारले जनाएको छ । वडाध्यक्ष बुढाले आगमी बर्ष संघीय सरकारले बजेट विनियोजन गरेको र थप व्यवस्थापन कार्य बढ्ने बताउनुभयो । अहिले तातोपानी माथिल्लो तलामा २ वटा धारा रहेका छन् ।
त्यहाँ एक महिला र अर्को पुरुष नुहाउने गरेका छन् । तल्लो तलामा एक पोखरी छ । त्यहाँ मानिसहरुले डुबेर नुहाउन सक्छन । तल्लो तलामा रहेको दुवटा धारामा कपडा धुने र नुहाउने गरिएको छ ।
क्याप्सन :जुम्लाको तातोपानीको पोखरीमा नुहाउदै बालबालिका तस्बिर नेत्र शाही÷जुम्ला ।