OnlinePana

आज : २०८१ माघ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,रतन वडमंसिर १, २०८१जुम्ला,
२५० पटक

मंसिर १ गते । सिँजा गाउँपालिकाको वडा नम्बर २ वालविवाह मुक्त र विद्यालयमा शतप्रतिशत वालवालिकाको पहुँच वडा घोषणा गरिएको छ ।
वालविवाह मुक्तका लागि आधार तयार भएपछि पालिका घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले एक भब्य कार्यक्रमका विचमा वालविवाह मुक्त र विद्यालयमा शतप्रतिशत वालवालिकाको पहुँच वडा घोषणा गर्नुभयो ।

कार्यक्रम तथा विभिन्न १५ वटा सूचक पार गरिेर ९४.५ प्रतिशत गरेर वालविावह मुक्त भएको तथ्यांक पछि वडा वालविवाह मुक्त घोषणा गरिएको छ । वडाध्यक्ष तिर्थ वडका अनुसार वालविवाह मुक्त वडा घोषणा सँगै ५ बर्ष देखी १५ बर्षका वालवालिकाहरु सवै विद्यालयको पहुँच अर्थात शत प्रतिशत वालवालिका विद्यालयमा रहेका घोषणा भएको हो । वडाध्यक्ष वडका अनुसार वडा नम्बर २ का माध्यामिक विद्यालय चुलेलगाउका तिन सय विद्यार्थी, रुपनी आधारभुत विद्यालय रनुखाना ३५ जना, कालिका आवि बिष्टवाडामा ३७ जना वालवालिका विद्यालयको पहुँचमा पुगेका छन् । सवै वालवालिका विद्यालयमा पुर्याउन विशेषगरी ५ वटा टोलमा जनप्रतिनिधि सहित टोली खटिएर पढ्न नपाएकालाई सवै आधार तयार गरि शत प्रतिशत वालवालिका विद्यालय पुर्याईएको बताउनुभयो । उहाँले कसैलाई कापी कसैलाई कलम अभावले विद्यालय वाहिर थिए विद्यालय पुर्याएका छौ ।

घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष   पूर्ण प्रसाद धितालले वालविवाह घोषणा त्यसै नभएको बताउदै सवै आधार तयार गरेर अगाडि बढ्ने जानकारी दिनुभयो । उहाँले सूचक, अनुसन्धान, प्रतिवेदन, सवैको प्रतिवद्धताले वालविवाह मुक्त गरिएको बताउदै शिक्षामा आधार तयार गरि पढाईमा अभिरुची बढाउने विद्यालयमा स्रोत साधन, तालिम सहित आधार तयार गरि कार्यान्वयन गर्नेमा जोड दिनुभयो ।

त्यस वडामा स्थानीय सरकार, प्लान नेपाल, क्लयाड नेपाल, पेस नेपाल वालविवाह मुक्तका लागि दुई बर्ष देखी स्थानीय सरकार र साझेदार निकायको समन्वयमा वालक्लवहरु, आमा समुहरु, यूवा क्लव, परिचालन वैठक, सचेतना कार्यक्रम गरेर आधार तयार गरि सूचक अनुसार वालविवाह मुक्त घोषणा गर्न सफल भएको वडापािलकाले जनाएको छ । घोषणासभामा स्थानीय सहित राजनैतिकदल, नागरिक अगुवा वालक्लव, यूवाक्लव, साझेदार संस्था, संचारकर्मीको सहभागिता सहित प्रतिवद्धता जनाएका छन् ।गाउँपालिका उपाध्यक्ष सितली राेकायाले वालविवाह गर्नु अपराध भएकाे बताउनु भयाे। उहाँले वालविवाह गर्नु आफ्नाे खुट्टामा बञ्चराे हान्नु हाे । वालविवाह गर्दा जीवनमा विभिन्न समस्या आई लाग्छ । यसकारण धेरैले धेरै महिलाले ज्यान समेत गुमाएका छन् । अव देखि कसैले पनि वालविवाह नगर्न, नगराउन अनुराेध गर्नुभयाे ।

यसैगरी वडापालिकाले पूर्व सन्ध्याहमा अघिल्लो दिन शुक्रवार वडा नम्बर २ का ५ वटै टोलमा प्रत्यक बस्तिमा रयाली सहित सचेतना समेत गरेको थियो । सिँजाको वडा नम्बर २ सिञ्जाको तेस्रो वालविवाहमुक्त वडापािलका र दोस्रो शत प्रतिशत विद्यालयमा वालवालिकाको पहुँच पुर्याउने वडा रहेको छ । सिञ्जा गाउँपालिकाले यस अघि वडा नम्बर ४ र ६ वालविवाहमुक्त वडा र १ नम्बर वडा विद्यालयमा शत प्रतिशत वालवालिका विद्यालयको पहुँचमा पुर्याएर घोषणा गरिएको जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस्