OnlinePana

आज : २०८१ भाद्र २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २८, २०८१जुम्ला,
२१७ पटक

असार २७ गते । जुम्लाको प्रचुर पर्यटकीय सम्भावना रहेको गुठिचौरमा प्याराग्लाईडिङ परीक्षण शुरु गरिएको छ । जिल्लाको गुठिचौर गाउँपालिकाले सो क्षेत्रमा साहसिक पर्यटन सहित आर्थिक आम्दानी बढाउने हिसावले परीक्षण उडान गरिएको हो । परीक्षण उडानमा गाउँपालिका अध्यक्ष दानबहादुर बुढा, प्रमुख प्रशासकीय अधिकृत ध्रर्वराज गिरी, प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरे, पत्रकार महासंघ शाखा जुम्लाका उपाध्यक्ष दिलमाया शाही सहित ९ जनाले परीक्षण उडानमा सहभागी भएका छन् ।

जुम्ला सदरमुकाम देखी गाडिमा एक घण्टा लाग्ने रमणीय पर्यटक क्षेत्र गुठिचौरमा गाउँपालिकाले पहिलो सो क्षेत्रमा अनुभव प्राप्त भएको वावु एडभाञ्चर कम्पनी सँग सहकार्य गरेर परीक्षण गरिएको छ । गुठिचौरको परीक्षण सफल भएको मात्रै नभई यसको आधार तयार गर्ने हो भने नेपालका सम्भावना भएका क्षेत्र मध्य गुठिचौर रहेको बताईएको प्याराग्लाईडिङ चालकहरुले जनाएका छन् ।

गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले परीक्षण उडान सहज रुपमा सम्पन्न भएकाले शुरुवाति चरणमा काम गर्ने चालकहरु, सरोकारवाला निकायहरु सवैलाई धन्यवाद दिनुभयो । उहाँले यो अभियान गाउँपालिकाको सक्षम भयो भने रारा पछिको दोस्रो पर्यटकीय केन्द्र बन्ने अपेक्षा गरिएको जानकारी दिनुभयो । उहाँले प्लाराग्लाईडिङमा गुठिचौर सम्भावनाको क्षेत्र रहेको र यसमा सवैको सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे नेपाल आर्थिक रुपमा अगाडि बढ्न पर्यटन क्षेत्र महत्वपूर्ण भएकाले जुम्लामा साहसिक पर्यटन गुठिचौरमा सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार आफुले पनि ग्लाईडिङ गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । प्यारा ग्लाईडिङ उडानका लागि वावु स्याङजाबाट जुम्ला आएका एडभान्चर प्रालीका प्रमुख सानुवावु श्रेष्ठले जुम्ला त्यसमा पनि गुठिचौर गाउँपालिका स्विटजरल्याण्डको जस्तो भूगोल भएको बताउदै यहाँ प्याराग्लाईडिङ सम्भावना भएको बताउनुभयो । उहाँले गुठिचौर नेपालकै उत्कृष्ट साहसिक प्याराग्लाईडिङको गन्तब्य हुनेमा जोड दिनुभयो ।

गुठिचौर जुम्लाको हजारौ विघा जमिन भएको स्थान कचौरा आकारको छ । वरपर डाडा र विचमा बृहत चौर भएको त्यस क्षेत्रमा लामो समय देखी गुठिचौर भेडा फारम सञ्चालन भईरहेको छ । कृषि क्षेत्रमा अनुसन्धान गरिरहेको मारी नामको अनुसन्धान केन्द्र यही छ । जुम्ला देखी डोल्पा जाने सड्कमा यो क्षेत्रमा मानिसहरु अहिले पनि रमाउन त्यहाँ पुगिरहेका हुन्छन तर यहाँ साहसिक प्याराग्लाईडि गर्ने हो भने पर्यटकहरु बढ्ने सम्भावना देखिन्छ तर यसको आधार तयार गर्न स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार सँगै समन्वय आवश्यक रहेको छ ।

 

प्रतिकृया दिनुहोस्