OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २७, २०७९सुर्खेत
५२७ पटक

२७ साउन २०७९, शुक्रबार

कर्णाली प्रदेश प्रमुख तिलक परियारले चारवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

कर्णाली प्रदेश सचिवालयले आज एक सूचना टाँस गर्दै प्रदेशसभाबाट विभिन्न मितिमा पारित भएका चार विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुभएको जनाएको छ । जसमा ‘प्रदेशसभा सचिवालयसम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९,’ ‘मुख्यन्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा शर्तसम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९’ प्रमाणीकरण गरिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।

त्यस्तै, ‘प्रदेश लोक सेवा आयोगको पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त तथा सुविधा सम्बन्धी ऐन, २०७९’ र ‘प्रदेश लोक सेवा आयोग (दोस्रो संशोधन ऐन), २०७९’ प्रमाणीकरण गरिएको उहाँले बताउनुभयो । तीसँगै कर्णालीमा प्रमाणीकरण भएका विधेयकको संख्या ४० पुगेको छ ।

प्रतिकृया दिनुहोस्