OnlinePana

आज : २०८१ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ३०, २०७९सुर्खेत
४०४ पटक

३० असार २०७९, बिहीबार

उच्च अदालत सुर्खेतले चालु आव.०७८÷०७९ को असार २९ गतेसम्म लक्ष्य भन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । अदालत वार्षिक ९० प्रतिशत मुद्दा फछ्र्यौटको लक्ष्य राखेकोमा १७१ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो ।

अदालतले आज पत्रकार भेटघाट कार्यक्रममार्फत चालु आर्थिक वर्षको असार मसान्तसम्म ५६१ थान मुद्दा फछ्र्यौटको लक्ष्य राखेकोमा ७५६ मुद्दा फछ्र्यौट गरेको तथ्याङक सार्वजनिक गरेको हो । उच्च अदालत सुर्खेतका मुख्य न्यायधीश शेषराज सिवाकोटीले लक्ष्य भन्दा २०८ थान बढी मुद्दा फछ्र्यौट गरिएको जानकारी दिनुभयो ।

“गत वर्षका सरि आएका २६५ र चालु आव.मा दर्ता भएका ७५६ थन गरी कूल एक हजार २१ थान मुद्दा संख्या रहेका थिए,” मुख्य न्यायधीश सिवाकोटीले भन्नुभयो, “कूल संख्यामा ७६९ अर्थात ७५.३२ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको छ ।” उहाँले उच्च अदालतमा आएका मुद्दाहरुमा जबरजस्ती करणीका मुद्दा बढी भएको जनाउनुभयो ।

अदालतका रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले दुई वर्ष अघिका कुनैपनि मुद्दा बाँकी नरहेको तर गत वर्ष फछ्र्यौट हुन नसकी बाँकी रहेका २६५ मुद्दामा ८ थान मात्र फछ्र्यौट गर्न बाँकी भएको जनाउनुभयो । फछ्र्यौट हुन बाँकी रहेका २५२ थान मुद्दा मध्य अधिकांश मुद्दा छ महिनाभित्र दर्ता भएको उहाँले बताउनुभयो ।

“अदालतले छ महिनाभित्रका १७० थान, छ देखि १२ महिनाभित्रका ८२ थान, १२ देखि १८ महनिाभित्रका मुद्दा ८ थान र १८ महिना नाघेका ६ थान गरी २५२ थान मुद्दा मात्र बाँकी छन्,” रजिष्ट्रार कोइरालाले भन्नुभयो, “गत वर्षको तुलनामा यस वर्ष पुनरावेदन दर्ता संख्या निकै बढी रहेपनि फछ्र्यौट दर पनि बढेको छ ।” उहाँका अनुसार गत आव.०७७÷०७८ मा ७३३ थान मुद्दा रहेकामा ४६८ थान (६३.७५%) मुद्दा मात्र फछ्र्यौट भएका थिए ।

उच्च अदालतका अनुसार सुर्खेतमा परेका फौजदारी मुद्दा मध्ये सबैभन्दा बढी जबरजस्ती करणीका १७२, दोस्रोमा ज्यानसम्बन्धी १०८, तेस्रोमा लागु औषधका ९१ थान मुद्दा रहेका छन् । त्यस्तै, देवानीमा अंश मुद्दाका १९, सम्बन्ध विच्छेदका १७ र लेनदेनका १३ थान मुद्दा परेका थिए ।

प्रतिकृया दिनुहोस्