OnlinePana

आज : २०८१ बैशाख २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २९, २०७९सुर्खेत
३५२ पटक

२९ असार २०७९, बुधबार

जिल्ला अदालत सुर्खेतले सम्बन्धित जग्गा धनीलाई थाहै नदिई अर्कैको नाममा जग्गा नामसारी गर्ने १३ जनालाई कैद सजाय सुनाएको छ ।

सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको ईजलासले मंगलबार मालपोत कार्यालय सुर्खेतका छ कर्मचारीसहित १३ जनालाई जग्गा किर्ते तथा ठगी गरेको कसुरसहित कैद तथा जरिवाना फैसला गरेको हो ।

अदालतका श्रेस्तेदार ठाकुरप्रसाद पौडेलका अनुसार मालपोत कार्यालयका सुब्बा विश्वरुप सावद, कम्प्युटर शाखामा कार्यरत खरिदार गणेश विक, कृष्णबहादुर थापा, दिपेन्द्र श्रेष्ठ, सुनिल राना र तिर्थराज महतारालाई एक वर्ष कैद र रु.२० हजार जरिवाना फैसला गरेको हो ।

वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेतका तत्कालिन वडाध्यक्ष रामकुमार दर्लामी र वडा सचिव उत्तम अधिकारीलाई अदालतले किर्ते कसुर ठहर गरेको श्रेस्तेदार पौडेलले बताउनुभयो । उनीहरु दुवैलाई नौ महिना कैद सजायसहित रु.१५ हजार जरिवाना फैसला भएको जनाइएको छ ।

त्यस्तै, नक्कली जग्गाधनी बनाइएका वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेतका सहवीर कार्कीलाई एक वर्ष कैदसहित २० हजार जरिवना गरिएको यद्यपि उनी जेष्ठ नागरिक भएकोले जेष्ठ नागरिक ऐनअनुसार २५ प्रतिशत मात्रै कैद र जरिवाना फैसला हुने उहाँले बताउनुभयो । २५ प्रतिशत सजाय छुट भएपनि उनलाई नौ महिना र १५ हजार जरिवाना तोकिएको छ । तर उनलाई मंगलबार नै रिहा गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतका अमरसिंह कटुवाललाई तीन महिना कैदसहित रु.३० हजार जरिवाना तोकिएको छ । जग्गा प्रकरणका मुख्य अभियुक्त भनिएका वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत गणेशचौकका सन्तोष ठाकुर, वडा नं.५ चिसापानीका निर्मल पुरी, वडा नं.२ का गोरख भन्ने गणेश बुढालाई भने ठगी र किर्ते दुवैमा कसुदार रहेको अदालतको फैसलामा उल्लेख गरिएको छ ।

तीनै जनालाई ठगीतर्फ दुई वर्ष र २५ हजार जरिवाना तथा किर्तेमा एक वर्ष कैद र २५ हजार जरिवानाको फैसला गरिएको श्रेस्तेदार पौडेलले बताउनुभयो । मुद्दा दायर गरिएका १९ जनामध्य १३ जनालाइ यही असार २२ गते अदालतले किर्ते र ठगीमा दोषी ठहरको फैसला गरेको थियो ।

किर्ते तथा ठगी मुद्दामा संलग्न नरहेको ठहर गर्दै अदालतले मालपोतका तत्कालिन प्रमुख लक्ष्मी खत्री, सुब्बा कमला सापकोटा, नापी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र थापा, अमिन भिमलाल आचार्य, खरदार दीपेन्द्र पुलामीसहित छ जनालाई सफाई दिएको थियो । वीरेन्द्रनगर नगरपालिका–१२ साबिक जर्बुटा गाविस– ३ (क)स्थित सौगात रावतको नाममा रहेको जग्गा अर्कैको नाममा नामसारी गरिएको थियो ।

विसं.२०७७ असार १० गते ठाकुरले कार्कीको नाममा नामसारी गरेको जग्गा धनीले थाहा पाएपछि न्यायका लागि अदालतमा मुद्दा दर्ता गरेका थिए । ३१११ कित्ता नम्बरको जग्गा थाहै नदिएर वीरेन्द्रनगर नगरपालिका १ सुर्खेत बस्ने सहविर कार्कीको नाममा जग्गा बिक्री गरिएको हो ।

पिछाड छोडेर मूल सडकबाट ५० मिटर मोहडामा पर्ने छ कठ्ठा क्षेत्रफल भएको जग्गा ठाकुरसहितले कार्कीका नाममा राजीनामा लिखत पारित गरी लिएपछि मालपोतका कर्मचारीसहित १९ जना उक्त जग्गा प्रकरणमा तानिएका थिए ।

प्रतिकृया दिनुहोस्