OnlinePana

आज : २०८३ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २४, २०७९सुर्खेत
६०७ पटक

२४ असार २०७९, शुक्रबार

राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका सुर्खेत गुर्भाकोटका तीन जना आरोपितलाई अदालतले सात वर्षको जेल सजाय तोकेको छ ।

जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको इजलासले बिहीबार राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिका ९ सुर्खेतका चौमनबहादुर घर्ती र भूपेन्द्र बुढामगरलाई सात÷सात वर्ष जेल सजाय र जनही रु.दुई लाख जरिवाना तोकेको हो । अदालतले यौन दुर्व्यवहार भएको होटलका सञ्चालकलाई तीन वर्ष छ महिना जेल सजाय र रु.एक लाख जरिवाना तोकेको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सात÷सात वर्ष जेल सजाय पाएका घर्तीमगर र बुढामगरले पीडित राहत कोषमा जनही रु.आठ हजार र होटल सञ्चालक पुनले रु.चार हजार पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसलामा उल्लेख गरिएको छ ।

बोटेचौरको शुभकामना होटलमा विसं.२०७८ जेठ २१ गते राति ९ः०० बजे राउटे युवतीमाथि यौन हिंसा गरेको आरोपमा तीनै जनालाई जेठ २३ गते बिहान प्रहरीले पक्राउ गरेको थियो । घर्ती तथा बुढा मगरले राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडिओ सार्वजनिक भएपश्चात् उनीहरु पक्राउ परेका थिए ।

अदालतले असार १६ गते पुर्पक्षका लागि तीनै जनालाई जेल चलान गरेको थियो । उक्त समयमा राउटे समुदाय गुर्भाकोट नगरपालिका ११ सुर्खेत आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका थिए ।

 

प्रतिकृया दिनुहोस्