OnlinePana

आज : २०८२ बैशाख १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २३, २०७९
५३० पटक

२३ असार २०७९, बिहीबार

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले यातायात व्यवस्था कार्यालय सुर्खेतमा छड्के निरीक्षण गर्नुभएको छ ।

मन्त्री रोकायले आज बिहान १०ः३० बजेको कार्यालय समयमा छड्के निरीक्षण गर्नुभएको हो । त्यतिबेला भने सेवाग्राहीको बाक्लै उपस्थिति थियो । जाँचको क्रममा दुई कर्मचारी आफू खुशी विदामा बसेको, केही फाँटमा कर्मचारी नभएको र कर्मचारीहरुले सरकारी पोशाक र परिचय पत्र नलगाई आएको पाइएको मन्त्रीले रोकायले जानकारी दिनुभयो ।

यातायातमा पुग्ने भएको मन्त्रीले लाइनमा बसेका सेवाग्राहीसँग परिचय नदिइकनै सेवाको गुणस्तर र भोग्नु परेको समस्याबारे जानकारी लिनुभयो । सेवाग्राहीलाई सहज ढंगले सेवा प्रदान गर्न कानुनी रुपमा भएका झन्झट, उपलब्ध साधन स्रोतको पहुँच र सेवाग्राहीको चापको विषयमा बुझेपश्चात् उहाँ कार्यालय प्रमुखको कार्यकक्षमा प्रवेश गर्नुभयो ।

मन्त्री रोकायाले सेवाग्रहीहरुको समस्याबारे जनाउँदै जनभावना बुझेर सेवा दिन कार्यालय प्रमुखसहित कर्मचारीलाई निर्देशन दिनुभयो । सेवाप्रवाहमा कानुनी जटिलता भए प्रदेश सरकार त्यसलाई संशोधन गर्न पनि तयार रहेको बताउँदै उहाँले सेवाग्राहीलाई सहज हुने गरी समयमै काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।

यातायात व्यवस्था कार्यालयका प्रमुख आनन्द चपाईले सेवाग्रहीको चाप अत्यधिक हुने गरेको तर आफूहरुले सकेसम्म छिटो र छरितो ढंगको सेवा दिने प्रयास गरेको बताउनुभयो । कार्यालयभित्र दलालहरुलाई प्रवेशमा रोक लगाइएको प्रमुख चपाईले मन्त्री रोकायालाई जानकारी दिनुभयो । मन्त्री रोकायले टिकाटिप्पणीको अन्त्य हुने गरी काम गर्न कर्मचारीहरुलाई सुझाउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्