OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २३, २०७९काठमाडौं
३९८ पटक

२३ असार २०७९ बिहीबार

गत जेठ ३० गते स्थगित भएको बाजुराको बुढीगंगा नगरपालिकाको पुनः मतदान आज हुँदै छ।

यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो। यसअघिको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहरूले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो।

मतदानका लागि सुरक्षा कडा पारिएको छ। सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए।

मतदानस्थल पिच्छे एक सय जनाभन्दा बढी सुरक्षाकर्मी खटाइएकाे छ।  १० मतदानस्थल र १९ वटा मतदान केन्द्र रहेको बुढीगंगामा पुनः मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसअघिको निर्वाचनका क्रममा गम्भीर सुरक्षा लापरबाही गरेको भन्दै निर्वाचन आयोगको निर्देशनमा गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित प्रहरी र सशस्त्रका प्रमुखहरूलाई हटाएर नयाँ अधिकारीहरू पठाएको छ ।​

नगरप्रमुखमा एमालेबाट रामबहादुर बानियाँ र कांग्रेसबाट रंगबहादुर खाती प्रमुख पदका उम्मेदवार छन् । खाती महान्यायाधिवक्ता खम्मबहादुर खातीका दाजु हुन्।

प्रतिकृया दिनुहोस्