OnlinePana

आज : २०८१ बैशाख २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २१, २०७९सुर्खेत
२७१ पटक

२१ असार २०७९, मंगलबार

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्याप्लरबीच शिष्टाचार भेटवार्ता भएको छ

मुख्यमन्त्री शाही र राजदूत क्याप्लबीच आज भेटवार्ता भएको हो । भेटमा संघीयता, कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था, सडक गुरुयोजना तयारीलगायतका विषयमा छलफल भएको थियो । खासगरी स्वीट्जरल्याण्ड सरकारले कर्णालीमा सञ्चालन गरेका परियोजना हेर्न आउनुभएका राजदूत क्याप्लरले द्वन्द्वपीडितहरुका बारेमा कर्णाली प्रदेश सरकारले गरिरहेका कामहरुको बारेमा जानकारी लिनुभयो ।

“स्वीजरल्याण्ड सरकारको सहयोगमा सीएमसी नेपालले यहाँका तीन जिल्लाका छ वटा पालिकामा मानसिक स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गरेको छ,” राजदूत क्यापलरले भन्नुभयो, “द्वन्द्वपीडितहरुको स्वास्थ्यमा परिरहेको असर न्यूनीकरणमा प्रदेश सरकार अझै गम्भीर बन्नुपर्छ ।”

मुख्यमन्त्री शाहीले प्रदेश सरकारले द्वन्द्वपीडितका लागि राहत, उपचार र मानसिक स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण कामहरु गरेको बताउनुभयो । उहाँले राहत, जीवननिर्वाह भत्ता, औषधोपचार, मानसिक स्वास्थ्य उपचार र परामर्शमा हामीले काम गरिरहेका जनाउनुभयो ।

“प्रदेश सरकार बलियो नभए संघीयता दीगो हुन सक्दैन भन्ने सोच प्रकट गर्नुभएका राजदूत क्याप्लरले प्रदेशका कर्मचारी माथिबाट पठाउने प्रावधानका बारेमा चासो राख्दै उहाँले निजामती ऐन निर्माण कार्य अगाडि बढे नबढेको सोध्नुभएको थियो । उहाँका अनुसार प्रदेश सरकार बलियो भए मात्र विकासमा परिवर्तन गर्न सक्छन् ।

 

 

प्रतिकृया दिनुहोस्