OnlinePana

आज : २०८१ पौष १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १४, २०७९सुर्खेत
४०५ पटक

१५ असार २०७९, मंगलबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कलाकार समाजको दर्पण भएको बताउनुभएको छ ।

के.बि.इन्टरटेन्मेन्ट ग्रुपद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा पाँच दिनसम्म सञ्चालन हुने ‘कर्णाली चलचित्र कार्यशाला’को उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कलाकारहरुले समाजको वास्तविक कथालाई कलाका माध्यमबाट उतार्दा त्यसले नेतृत्वलाई बढी जिम्मेवार बनाउने बताउनुभयो । चलचित्र उद्योगले पनि मुलुक विकासमा सहयोग पुर्याउँदै आएको उहाँको भनाई थियो ।

हरेकले कर्णालीप्रति हेर्ने दृष्टिकोण कमजोर बनाउँदै आएको बताउँदै मुख्यमन्त्री शाहीले भन्नुभयो, “कर्णालीलाई कमजोर नसम्झ बरु तिम्रो हेर्ने नजर परिवर्तन गर किनकी सिंगो नेपाललाई विश्वमा चिनाउन राख्ने भर्जिनल्याण्ड हो ।” बरिष्ठ कलाकार प्रेमदेव गिरीलगायतका कलाकारहरुको प्रशंसा गर्दै उहाँले कर्णालीका कथा र वास्तविकतालाई चलचित्रमा उतार्ने गरी कलाकारिता क्षेत्रको दक्ष जनशक्ति उत्पादन सुझाउनुभयो ।

वरिष्ठ रंगकर्मी गणेशभक्त गौतमले कर्णाली आफैमा कलाको खानी भएको र कार्यशालाले यस क्षेत्रका कलाकारलाई अझ दक्ष बनाउने विश्वास व्यक्त गर्नुभयो । कर्णालीको राजधानी सुर्खेतमैं चलचित्र निर्मातासहित दक्ष कलाकारहरु भएपनि उनीहरुले जीविकोपार्जन गर्न सक्ने वतावरण नभएको र उनीहरुप्रति राज्यको हेर्ने नजर फरक भएको टिप्पणी गर्नुभयो ।

चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष गणेश भण्डारीले विसं.२०६८ सालमा सुर्खेतमै राष्ट्रिय चलचित्र महोत्सव आयोजना गरिएको उल्लेख गर्दै कार्याशालाले राम्रा कलाकार उत्पादन गर्ने मात्र नभई कर्णालीमा राम्रा कलाकार छन् भन्ने सन्देश दिने बताउनुभयो । कार्यक्रममा आयोजकका तर्फबाट के.बि इन्टरटेन्मेन्ट ग्रुपका अध्यक्ष भूपेन्द्र खड्काले कर्णालीमा चलचित्र उत्पादन गरी यही क्षेत्रको जनशक्ति निर्माण गर्ने उद्देश्यले कार्यशाला सञ्चालन गरिएको जनाउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले के.बि. इन्टरटेन्मेन्टका कलाकार हरि विष्टले यहाँका कलाकारलाई दक्ष बनाउन मुलुक निर्माण सहयोग पुर्याउनु सबैको कर्तव्य भएको विचार व्यक्त गर्नुभयो । कार्यशालामा विष्णु कल्पितले प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

कार्यक्रममा बरिष्ठ कलाकार प्रेमदेव गिरि, नृत्य निर्देशक कुलमान नेपाली, चलचित्र निर्माता निर्मल प्याकुरेल लगायतका कलाकार माया थापाको सहभागिता रहेको थियो । उक्त कार्यशालामा २५ जनाले प्रशिक्षण लिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्