OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ९, २०७९सुर्खेत
३९६ पटक

९ असार २०७९ बिहीबार 

वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेत तातोपानीस्थित एक टर्की फर्ममा भएका टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पंक्षी नष्ट गरिएको छ ।

केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु पुष्टि भएको थियो । सो फर्ममा १०० बढी टर्की मरेपछि परीक्षणका लागि नमूना काठमाडौं पठाइएको पशुपंक्षी विकास निर्देशनालय सुर्खेतका प्रमुख प्रचण्ड खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार टर्की बर्डफ्लुकै कारण मरेको पुष्टि भएको थियो ।

टर्कीमा बर्डफ्लु पुष्टि हुँदा जिल्ला प्रशासन कार्यालयमा आज बसेको बर्डफ्लु नियन्त्रण समितिको आकस्मिक बैठकले चार किल्ला तोकेर फर्ममा रहेका टर्की, ब्रोइलर र लोकल कुखुरालाई नष्ट गर्न निर्देशन दिएको थियो । प्रशासनको निर्देशनपश्चात् पशुपंक्षी चिकित्सकसहितको टोली पुगेर बर्डफ्लु देखिएको स्थानदेखि ५०० मिटरसम्म क्षेत्रमा पालिएका पंक्षीलाई नष्ट प्रमुख खड्काले बताउनुभयो ।

डिष्पोजल टोलीले बर्डफ्लु फैलिएको फर्ममा साना ठूला गरी करिब एक हजार २०० ब्रोइलर कुखुराका चल्ला, ८० टर्की र अन्य लोकल कुखुराहरु डिस्पोज गरेको निर्देशनालयले जनाएको छ । जिल्ला प्रशसान कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बर्डफ्लु फैलिन नदिन सुर्खेत उपत्यकाका किसानलाई सजग गराइएको जनाउनुभयो ।

उहाँका अनुसार पंक्षीपालक सबै किसानलाई आफूले पालेको पंक्षीमा शंकास्पद लक्षण देखिएमा उपभोग तथा बिक्री वितरण रोकी पशु चिकित्सकलाई खबर गर्न आग्रह गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्