OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ८, २०७९काठमाडौं
५१३ पटक

८ असार २०७९, बुधबार

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेलाई पत्नीशोक परेको छ ।

बिजुक्छेकी पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल, हरिसिद्धीमा उपचारका क्रममा क्रममा बुधबार निधन भएको हो । प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । उपचारपछि निको भएको क्यान्सर फेरि देखिएको र उपचारका क्रममा निधन भएको नेमकिपाका नेता चैत्यराज शाक्यले जानकारी दिए ।

रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभा प्रधानको नेता नारायणमान बिजुक्छेंसँग ११ मङ्सिर २०४० मा विवाह भएको थियो । डा. सुवेग र सुवान गरी उनका दुई छोरा छन् । अष्ट्रेलियामा रहेका सुवान आएपछि मात्र अन्त्येष्टि गर्ने परिवारको तयारी छ ।
प्रतिकृया दिनुहोस्