OnlinePana

आज : २०८१ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३०, २०७९सुर्खेत
५२० पटक

२९ जेठ २०७९ सोमबार

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कर्णालीमा प्रदेश युवा विकास तथा परिचालन नीति बनाइने बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा ‘स्थानीय तहको योजना प्रक्रियामा युवा सहभागिता सम्बन्धी कार्यविधि २०७८’ (नमूना) कार्यान्वयनको सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बुढाक्षेत्रीले प्रदेशभरिका युवाहरुको विकास र सशक्तिकरणको सरकारले उक्त नीति ल्याउनो योजना बनाएको बताउनुभयो ।

“युवा मुलुक विकासका साझेदार हुन् । उनीहरुलाई स्वरोजगार गर्नतर्फ प्रदेश सरकार लागिरहेको छ,” उहाँले भन्नुभयो, “युवाहरुलाई विकास निर्माण तथा योजना प्रक्रियामा समावेश गरेर लैजानुपर्छ ।” समन्वय, सहकार्य र सहअस्तित्व गर्न तीन तहका सरकारले चुकेकोले मुलुकमा अपेक्षाकृत विकास हुन नसकेको मन्त्री बुढाक्षेत्रीको भनाई थियो ।

अन्तरक्रियामा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले राज्यले दैनिक सयौंको संख्यामा विदेसिने युवाहरुका बारेमा राज्यले बेलैमा सोच्नुपर्नेमा जोड दिनुभयो । आजको युवा जनशक्तिलाई व्यवसायिक शिक्षा र रोजगारी दिन नसके सामाजिक अपराध बढ्दै जाने प्रमुख सुनारले औंल्याउनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका उपसचि यमेन्द्र उपाध्यायले योजना प्रक्रियामा युवा सहभागितका बारेमा प्रकाशन पार्नुभयो भने उपसचिव चन्द्रा थापाले राष्ट्रिय युवा परिषद र युवा उद्यमशीलताका विषयमा बताउनुभयो । परिष्दका प्रशासकीय प्रमुख रमाकान्त शर्माले युवाहरुलाई विदेसिनबाट रोक्न र राष्ट्र निर्माणमा लगाउनेतर्फ सरकार केन्द्रित रहेको जनाउनुभयो ।

उहाँले कर्णाली प्रदेशमा मुगुको मुगुम कार्मारोङ, जुम्लाको हिमा, कालीकोटको नरहरिनाथ, दैलेखको ठाँटीकाँध, जाजरकोटको बारेकोट, रुकुपश्चिमको त्रिवेणी, सल्यानको कपुरकोट गाउँपालिका र डोल्पाको ठूली भेरी तथा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका परिषद्ले युवा सशक्तिकरण कार्यक्रमका लागि बजेट पठाएको जनाउनुभयो । उक्त अन्तरक्रियामा युवाहरुलाई योजना प्रक्रिया र त्यसको कार्यान्वयनका विषयमा जानकारी गराइएको थियो ।

 

प्रतिकृया दिनुहोस्