OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १२, २०७९जुम्ला,
३९३ पटक

खलङ्गा जेठ १२ गते । जुम्लाको आयूवेर्द स्वास्थ्य केन्द्रमा पाँच महिना देखी कार्यालय प्रमुख विहिन हुदा काम काज प्रभावित भएको छ ।
कार्यालय प्रमुख देवेन्द्र ठाकुर पाँच महिना अघि सरुवा भएर फर्किएपछि अर्को कार्यालय प्रमुख नआउदा काम ठप्प भएका छन् । पुष देखी प्रमुख ठाकुर जाजरकोटको रमाना लिएपछि अर्को प्रमुख नहुदा आर्थिक कारोेवार वन्द भएको हो । कार्यालय प्रमुख नहुदा खरिद भएका औषधी, प्रयोगशालाका सामग्री, फर्निचर खरिदको भुक्तानी हुन सकेको छैन् ।

स्वास्थ्य केन्द्रका वैद्य गोर्खबहादुर रावतले लामो समयदेखी कार्यालय प्रमुख नहुदा करारका कर्मचारीले पाँच महिनादेखी तलब समेत खान नसकेको जानकारी दिनुभयो । उहाँले अहिले आफु कार्यालय प्रमुख पठाईदिन भन्दै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आएको बताउनुभयो ।

सामाजिक विकास मन्त्रालय सहितका सरोकारवाला निकायमा कार्यालय प्रमुखको व्यवस्था गरिदिन भनि धाउदै हैरान भएपनि प्रमुख नपठाउदा आयूवेर्दका कामहरु प्रभावित भएका छन् । उपचार गर्न आएका सेवाग्राही औषधी तथा आवश्यक सामग्री नहुदा फर्किने गरेका छन् ।

आयूवेर्दलाई आवश्यक फर्निचर खरिद, ल्यावका सामग्री खरिद, औषधी खरिदको भुक्तानी समेत हुन नसक्दा पुजीगत बित्तीय प्रगति शुन्य भएको छ । कार्यालय प्रमुख नहुदा रु २० लाख कार्यालय मर्मत, रुपाँच लाख डिपिआर तयार गर्ने रकम मुस्किलले आएको थियो । त्यो काम पनि हुन नसक्ने डर भएको छ ।

आयूवेर्दको यो हालतका बिषयमा मन्त्रालयले खासै प्रथामिकता दिन नसक्दा जुम्लामा एक मात्र रहेको आयूवेर्द अस्पताल धरापमा पर्ने सम्भावना रहेको छ । १० महिना कटिसक्दा कार्यालयको पुजीगत काम मर्मत सम्भार, डिपिआर निर्माण तथा मर्मत, औषधी खरिद, नागरिक आरोग्य केन्द्र स्थापनाका कामहरु हुन सकेका छैनन् । डिपिआर तथा मर्मतको काम अव यो बर्ष फ्रिज हुने देखिन्छ । जेठको दोस्रो साता लागि सक्यो सूचनाकै समय एक महिना समय हुने भएकाले डिपिआर तथा मर्मत खर्चको कार्यालयलाई डर बढेको छ ।

आयूवेर्दका केन्द्रका वैद्य गोर्खबहादुर रावतका अनुसार आफुलाई मन्त्रालयले एउटा पत्र दिएको बताउनुभयो । सो पत्रमा तलब, भत्ता, पोषाक, घरभाडा, बत्ति, बिजुली महशुल शिर्षक खर्च गर्नका लागि पत्र प्राप्त भएको छ । तर त्यस पत्रले करारका कर्मचारीले तलव नपाउने भएकाले समस्या भएको छ । अर्को अन्य कामहरु केही पनि गर्न नसकिने रहेको छ । तर अर्को पत्र पनि आएको सुनेको छु, सायद सो पत्रमा करार कर्मचारीको तलव खुवाउने व्यवस्था हुन सक्छ ।

औषधी नहुदा फर्किन्छन, सेवाग्राही :
जुम्लाको आयूवेर्द स्वास्थ्य केन्द्रमा सेवा ग्राही भने धेरै आउछन् । दैनिक १५ देखी ३० जना सेवा ग्राही आउछन् तर औषधी अभावले समस्या बढेको छ । खातामा पैसा छ तर औषधी खरिद गर्न काम नबढाएपछि सेवाग्राही औषधी लिनबाट समेत बञ्चित भएका छन् । अहिले त औषधी छैन भन्ने थाहा पाएपछि सेवाग्राही घटन थालेका छन् ।

गत आर्थिक बर्षमा पनि कार्यालय प्रमुखकै कारण काम गर्न नसकेर रु १२ लाख फ्रिज भएको बताईएको छ । आयूवेर्द स्वास्थ्य केन्द्र धरापमा परेकोमा स्थानीयको चिन्ता बढेको छ । स्थानीय अगुवा राजुशरण न्यौपानेले ठूलो उद्देश्यका साथ स्थापना गरिएको संस्थामा भएका कर्मचारीले काम नगर्नु र राज्यले पनि यसको स्तरबृद्धिमा ध्यान नदिएको गुनासो गर्नुभयो ।

सामाजिक विकास मन्त्रालयका आयूवेर्द चिकित्सक लक्ष्मी नारायण तिवारका अनुसार समस्या सामाधानका लागि चाडै पहल गर्न सचिव समक्ष बिषय पुरयाईने र चाडै समस्या सामाधान हुने आशा गरिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईका अनुसार आयूवेर्द अस्पताल पहिला देखीको अवस्था अस्तव्यवस्त भएको हुदा प्रदेश सरकार कहा पहल भएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्