OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १५, २०७८सुर्खेत
५९७ पटक

१५ चैत २०७८, मंगलबार

इसाई समाज सुर्खेतको अध्यक्षमा पदम गैरे निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भएको सातौ जिल्ला अधिवेशनबाट गैरे निर्विरोध निर्वाचित हुनुभएको हो ।

उहाँको अध्यक्षतामा १८ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ । समाजको जिल्ला बरिष्ठ उपाध्यक्षमा लिल सुनार, महिला उपाध्यक्षमा ललिता आउजी, उपाध्यक्षहरु बीरबहादुर राना, गोमानसिंह बस्याल, ज्ञानबहादुर गुरुङ, मनोज पुलामी र शिवराज परियार सर्वसम्मत चयन हुनुभएको निर्वाचिन समितिका संयोजक शंकर तामाङले जानकारी दिनुभयो ।

त्यस्तै, सचिवमा प्रेम बयलकोटी, सहसचिवमा भक्तबहादुर मस्र्याङ्गी, कोषाध्यक्षमा मिलन बिसी चयन हुनुभएको संयोजक तामाङले बताउनुभयो । उहाँका अनुसार सदस्यहरुमा भने प्रेमबहादुर बयलकोटी, हरिबहादुर वादी, टोपनारायण पाण्डे, प्रेमबहादुर नेपाली, बहबहादुर कसेरा, गोपल घर्ती र पूर्णबहाुर सारु मगर चयन हुनुभएको छ ।

उक्त अधिवेशनमा सुर्खेत जिल्लाभरि अवस्थित ६४ मण्डलीका अगुवाहरुको सहभागिता रहेको थियो । यहाँका नौ वटा स्थानीय तह पदेन सदस्य रहने र दुई जना विशिष्ट व्यक्तिलाई मनोनित गरिने समाजका नवनिर्वाचित अध्यक्ष गैरेले बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस्