

९ फागुन २०७८, सोमबार
कर्णाली प्रदेश लोक सेवा आयोगले विज्ञापन गरेको पाँचौ तहका प्राविधिक तथा अप्राविधिक पदको लिखित परीक्षा स्थगित गरिएको छ ।
सर्वोच्च अदालतद्वारा आयोगका नाममा जारी गरेको उत्प्रेषण आदेश अनुसार यही फागुन १४ गतेदेखि चैत २६ गतेसम्म सञ्चालन हुने पूर्व निर्धारित प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका विभिन्न सेवा समुहका प्राविधिक÷अप्राविधिक पदको लिखित परीक्षा स्थगनको आज आयोगले सूचना गरेको हो । आयोगको खोलेको विज्ञापनमा समावेशी नभएको भन्दै गत माघ २६ गते सर्वोच्च अदालत रिट निवेदन दायर गरिएको थियो ।
आयोगका शाखा अधिकृत प्रेमप्रसाद आचार्यले अर्को सूचना नभएसम्मका लागि आयोग लिने सबै पदको लिखित परीक्षा स्थगित गरिएको बताउनुभयो । कर्णाली प्रदेश लोक सेवा आयोगले गत पुस २७ गते अप्राविधिक÷प्राविधिक पाँचौ तहको खुला तथा समावेशी प्रतियोगात्मक लिखित परीक्षाको विज्ञापन गरेको थियो ।