OnlinePana

आज : २०८३ जेठ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १५, २०७८सुर्खेत
९११ पटक

१५ माघ २०७८, शनिबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका तीनजना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तीनै जना फरार प्रतिवादी सुर्खेत सिम्ता गाउँपालिकाका रहेका छन् । विशेष सूचनाका आधारमा प्रहरीले लागू औषध गाँजा चरेस मुद्दामा सुर्खेत जिल्ला अदालतको फैसला आदेशले १० महिना १८ दिन कैद सजाय सुनाईएका सिम्ता गाँउपालिका ४ सुर्खेतका ६२ वर्षीय भद्रबहादुर सिंहलाई कैद भुक्तानको लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

त्यस्तै, विसं. २०५१ असार ९ गते सुर्खेत जिल्ला अदालतले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गरी फरार रहेका साविक बजेडीचौर गाविस ८ हाल सिम्ता गाउँपालिका ४ सुर्खेतका ६६ को कुशलबहादुर खत्रीलाई पक्राउ गरेको प्रवक्ता घर्तीले बताउनुभयो ।

उहाँका अनुसार सार्वजनिक मुद्दामा सुर्खेत जिल्ला अदालतको फैसला आदेशले रु.५०० तोकेका जरिवाना गरी फरार रहेका साविकको राकम गाविस र हालको सिम्ता गाउँपालिका ६ सुर्खेतका ३७ वर्षीय करण नेपालीलाई पनि प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई सम्मानित सुर्खेत जिल्ला अदालतमा उपस्थित गराईएको प्रहरीले जनाएको छ । शुरबहादुर सिंह

प्रतिकृया दिनुहोस्