OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ७, २०७८सुर्खेत
५५८ पटक

७ माघ २०७८, शुक्रबार

मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले यस अघि निर्धारण गरेका परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ । परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै आजदेखि परीक्षा स्थगन भएको जनाएको छ ।

परीक्षा व्यवस्थापन प्रमुख डा.आनन्दप्रसाद सुवेदीले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगन गरिएको जानकारी दिनुभयो । यही माघ २ गतेदेखि ईञ्जिनियरिङ सङ्कायअन्तर्गत स्नातक तह प्रथम सेमेस्टरको परीक्षा चलिरहेको थियो। स्थगन गरिएका परीक्षाका कार्यक्रम कम्तिमा सात दिनको सूचना दिई पुनः प्रकाशन गरिने परीक्षा व्यवस्थापन कार्यालयले जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस्